जेठ २२ गते बुधबार सार्वजनिक विदा

काठमाडौ, २२ जेठ /सरकारले २०७६ जेठ २२ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरुको चार्ड ईदुल फित्रको अवसर पारे सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले मंगलबार एक सुचना प्रकासन गरेर बुधाबार सार्वजनिक विदाको घोषणा गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताएका थिए ।

मुस्लिम आयोगको सिफारिसमा जेठ २२ गते सार्वजनिक विदा दिने निर्णय गरिएको हो । इद उल फितर मुस्लिमलहरुले धुमधामले मनाउने गर्दछन् । यस अगाडी २३ गते भनिए पनि चन्द्रमा हेरेर आयोगले २२ गतेलाई सिफारी गरेको थियो ।

कमेन्टहरु
Loading...