मुख्यमन्त्रीलाई प्रश्न ? ज्यू पोखरा बसपार्क कहिले सुधार हुन्छ ?

पोखरा, १६ साउन / पर्यटकीय राजधानीको नाममा परिचित पोखरामा केही मानव निर्मित वैगुनहरु समेत छन् । यसमध्येको एक पोखरा बसपार्क पनि हो ।

धेरै सरोकारवाला निकायले बसपार्कका कारण पोखरा भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटकमा पोखराबारे नकरात्मक सन्देश प्रवाह हुने समेत बताउदै आएका छन । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग जनताले यसबारेमा चासो राखेका छन ।

प्रदेशले सञ्चालनमा ल्याएको हेलो मुख्यमन्त्री कार्यक्रममा फोन मार्फत पोखरा न्यूरोडका भानु पाण्डेले बसपार्क कहिले सुधार हुन्छ ? भनी प्रश्न गरे । बसपार्ककै कारणले पर्यटकमा नकरात्मक सन्देश गएको र बसपार्क व्यवस्थित नहुदा राजमार्गमा बढी भीडभाड भएको भन्दै उनले यसतर्फ मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

जवाफमा मुख्यमन्त्री गुरुङले महानगरपालिकाको मेयरसंग आफ्नो यसबारेमा छलफल भएको र प्रदेशको सहयोगमा महानगरले यसको सुधार गर्ने जानकारी दिए । उनले बसपार्कको जग्गा अव्यवस्थित बसोबासको नाममा अतिक्रमण परेकोले यसमा केही ढिलाई हुनसक्ने समेत बताए ।

उनले त्यहा रहेका बस्तीको विषयमा आफुहरुले विकल्प सोचिरहेको बताउदै यसमा प्रदेशको सरकारको चासो रहेको बताए । मुख्यमन्त्री गुरुङले बस्ती व्यवस्थित भएपछि संघ सरकारसंग समपुरक अनुदानको बजेट ल्याएर बसपार्क व्यवस्थित गर्न सकिने विकल्प आफुहरुसंग रहेको जानकारी दिए । बुधबारकै कार्यक्रममा मुख्यमन्त्रीलाई बाग्लुङदेखि बुर्तिवाङ जाने मध्यपहाडी लोकमार्गमा काम रोकिए गुनासो गरेका थिए ।

बाग्लुङबाट खिमानन्द कंडेलले सो क्षेत्रको २० किलोमिटर निर्माण कार्य रोकिएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा मुख्यमन्त्रीले सम्वन्धित निर्माण कम्पनीसंग आफुले कुरा गर्ने बताएका थिए । नवलपुरबाट गोकुल रिमालले मध्यविन्दु जिल्ला अस्पतालको प्रमुखमा नियुक्त गरेको व्यक्ति निजी अस्पताल सञ्चालक भएको भन्दै यसमा यसले स्वास्थ्य सेवा प्रवाहमा प्रभाव पर्न सक्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

मुख्यमन्त्री गुरुङले जवाफमा गुड फेथको आधारमा नियुक्त दिइएको भन्दै केही महिनामा उहाको कामलाई हेर्न आग्रह गरे । १०९४ नम्वरमा फोन गरेको गण्डकी प्रदेशका समास्याका बारेमा मुख्यमन्त्रीसंग जनताले आफ्नो गुनासा र समस्या प्रत्यक्ष सुनाउन सक्नेछन ।

कमेन्टहरु
Loading...