बेलायती राजकुमार ह्यारी पोखरामा

पोखरा, ९ चैत /बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारीले मंगलवार लम्जुङबाट पोखरा आएका छन् । पोखरा विमानस्थलबाट लामाचौरस्थित बिट्रिस क्याम्पमा हुने समारोहमा सहभागी हुन पोखरा आएका हुन् ।

समारोहमा सहभागी भई ह्यारीले नजिकै रहेको गोर्खा म्युजियम अवलोकन गर्ने कार्यक्रम रहेको प्रहरीले जानकारी दिएको छ । पोखरामा चार घण्टा विताए पछि पुन काठमाडौ फर्किने कार्यक्रम रहेको छ । बेलायती राजदूतावासका अनुसार सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न पोखराको कार्यक्रम तयार भएको हो ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा ह्यारीको पोखरा भ्रमणमा आएका हुन् ।

नेपालको औपचारिक पाँच दिने भ्रमणमा चैत ६ गते राजधानी काठमाडौँ आइपुगेका ह्यारी हिजो लम्जुङ जिल्लाको गौँडा गाविसस्थित लेउरानीमा बास बसेका थिए ।

कमेन्टहरु
Loading...