पोखराका पुर्व मेयर हर्क गुरुङको स्मरण

पोखरा, १८ असार/पोखरा उपमहानगर पालिकाका तत्कालिन मेयर हर्क गुरुङ १५ औं पुण्यतिथिमा पोखरामा उनलाई सम्झना गरेका छन् ।

असार १८ गते उनै हर्क गुरुङको १५ औं पुण्यतिथिमा बाह् बिसे पैंगीलामा भाइसमाजले पोखरामा कार्यक्रममा स्व. मेयर हर्क गुरुङको योगदानलाई स्मरण गरेका हुन् ।

पोखरा एयरपोट चोकमा रहेको उनको शालिकमा फुल माला चढाउदै स्व.मेयर हर्क बहादुर गुरुङलाई स्मरण गरेका हुन् ।

घटनाले पोखरा महानगरपालिकालाई मात्रै नभई सिंगो राष्ट्रलाई क्षति पुगेको बाह्रबिसे पैंगिला समाजका सचिव कमल गुरुङले बताए ।

शालिकमा पोखरा महागनरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले फुलमाला चढाउदै उनको योगदानको बारेमा स्मरण गरीन् ।

वि.सं. १९९४ साल १ महिना ५ गते जन्मेका उनी तत्कालिन पोखरा उपमहानगर पालिका मेयर पद थिए ।

उनको २०६१ साल ३ महिना १८ गते तत्कालिन नेकपा माओवादीले कार्यलय जाने क्रममा घर अगाडी नै हत्या गरेको थियो ।

कमेन्टहरु
Loading...