पोखरामा हराएका १० मोवाइल, ४ मोटर साइकल, १ स्कुटर सम्बन्धित व्यक्तिालाई

पोखरा, १५ असार /कास्की प्रहरीले हराएका १० मोवाइल, ४ मोटरसाइकल र १ स्कुट सम्बनधीत व्यक्तिलाई हस्तान्तरण गरेको छ ।

हराएका तथा चोरी भएका भेटिएका सामानले कास्की प्रहरीले सम्बन्धीत व्यक्तीलाई आइतबार हस्तान्तरण गरेको हो ।

बिभिन्न समयमा हराएका तथा चोरी भएका मोबाइल तथा मोटरसाईकलहरु जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान टोलीले फेला पारी निबेदक मोबाईल र मोटरसाईकल धनिहरुलाई हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण गरिएका सामानहरु बिभिन्न ब्राण्डका १० सेट मोबाईल, ग १६ प ८५५९ नम्बरको स्कुटर र ग १० प ४६४८, ग १ प ३०६५ , ग ३ प ६५२६, ग ३ प ३०६८ नम्बरको मोटरसाइकल रहेका छन् ।

प्रहरी कार्यालयले प्रत्येक महिनाको १ गते र १५ गते हराएर र चोरी भएर फेला परेका सामानहरुलाई सम्बन्धित धनिलाई हस्तान्तरण गरिने बताएको छ ।

कमेन्टहरु
Loading...