एचआईभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण

पोखरा, ८ जेठ /एचआईभी संक्रमित पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन् ।

२५ वर्षदेखि एचआइभीको संक्रमीत रहेका श्रेष्ठले बुधबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । उनले एचआइभी संक्रमितले पनि केहि गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गरेका थिए ।

सगरमाथाको चुचुरोमा सफलतापूर्वक आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । अघिल्लो पटक २०७२ सालमा आरोहणका लागि शिबिरमा पुगेपनि नेपाल भूकम्प गएपछि श्रेष्ठ घाइते भएपछि उद्धार गरिएको थियो ।

एचआईभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण
एचआईभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण

गोपाल श्रेष्ठले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा सगरमाथा आरोहण गरेका हुन् ।

स्टेप अप क्याम्पेन सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गर्न सफल श्रेष्ठले यसअघि थोराङ् ला पास (५४१६ मि.), आइस ल्याण्ड पिक (६१८९), र भर्जिन पिक खाङ कार्पो (६६४६ मि.) को आरोहण गरिसकेका थिए ।

कमेन्टहरु
Loading...