५३ करोड ठगी आरोपमा गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ

पोखरा, २२ फागुन /पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा कलेजका कार्यकारी अधिकृत (सीईओ) र परीक्षा नियन्त्रक पक्राउ परेका छन् । कलेजका सीईओ सन्तोष खनाललाई पोखराका विरौटा र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा राष्टबैंक चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले बुधबार नै कलेजका सञ्चालक खुमा अर्याल सहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ भन्दा बढि लिएको विद्यार्थीको आरोप छ । कलेजले विद्यार्थीबाट १० लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय बढि विद्यार्थी एक महिना देखि आन्दोलनमा छन् ।

कमेन्टहरु
Loading...