चार लाख घुस सहित इन्जिनियर पक्राउ

पोखरा, १७ असार /खानेपानी डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर वसीअख्तर मोहम्मद ४ लाख रुपैयाँ नगद घुस सहित पक्राउ परेका छन् ।

खानेपानी आयोजनाको भुक्तानी दिने क्रममा कमिसन वापत घुस मागेका उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले स्याङ्जाबाटै पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी अनुसन्धानका लागि पोखरा ल्याइएको अख्तियारले जनाएको छ ।

उनलाई मंगलबार साढे ३ बजे अख्तियार टोलीले उनकै कार्यालय छेउमा सेवाग्राहीसँग घुस लिँदालिँदै पक्रेको हो ।

कमेन्टहरु
Loading...