कांग्रेसले अवरोध गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा, १९ जेठ/प्रतिपक्ष नेपाली काग्रेसले अवरोध गरेपछि गण्डकी प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।

जेठ १५ गते राखेको माग सम्बोधन नभएको भन्दै काग्रेसले बैठक सुरु हुनसाथ उभिएर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक सोमबार सम्मका लागि स्थगित भएको घोषणा गरे ।
कार्यविधि बनाउँदा सरकारले प्रतिपक्ष सांसदलाई सहभागी नबनाएको, बजेट वितरणमा सरकारले आफूहरूलाई सम्बोधन नगरेको, राजनीतिक आस्थाका आधारमा बजेट वितरण गरिएको, कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा सरुवा गरिएको जस्ता विषय कांग्रेस उठाएका प्रश्नको उत्तर नदिएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले आईतबारको बैठक अवरुद्ध गरको बताए ।

प्रदेश सरकारले शुक्रबार प्रस्तुत गरेको विनियोजन विधेयक माथि आईतबार छलफल गर्ने कार्यक्रम रहेको थियो । संसद बैठक प्रतिपक्षलाई आफ्ना कुरा राख्न नदिइ सोमबार सम्मका लागि सभामुख अधिकारीले संसद बैठक स्थगित भएको घोषणा गरेका थिए ।

कमेन्टहरु
Loading...