केन्द्र सरकार एक्लैले समृद्धि ल्याउन सक्दैन – मुख्यमन्त्री गुरुङ

पोखरा, ११ मंसिर / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकारले मात्रै काम गरेर समृद्धि नआउने बताएका छन् । गण्डकी प्रदेशको दोस्रो समन्वय परिषद्को बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले ७ सय ६० वटा सरकार विनै समृद्धि हासिल गर्न खोजेमा त्यो पुरा नहुने बताए ।

उनले पुरानै मानसिकताबाट संघियता र समृद्धिका लागि बाधक भएको बताए । उनले तीन तहको सरकारले एक्लैले समृद्धी हासिल गर्न नसक्ने बताउदै सगँ सगँ अगाडी बढ्नु पर्ने बताए ।

मुख्यमन्त्री गुरुङले स्थानीय तह गैरकानुनी बाटोबाट चलिरहेको आरोप समेत लगाउनु भयो । नियम, कानुन र संविधानको मर्म विपरित स्थानीय तहले कार्यविधिहरु बनाएको उनको आरोप छ । नगरसभाले कानुन बनाउँदैन, गाउँसभाले कानुन बनाउँदैन ।

नगरपालिका र गाउँपालिकाले कानुन बनाएका छन् । यो गैर कानुनी छ, उनले भने –साथीहरुले ख्याल गर्नुस् । एकदिन डोजरले घिसारेर अख्तियार पु¥याउला । नियमकानुनलाई मिचेर अघि बढ्न सकिँदैन ।’

उनले भ्रष्टाचार र अनियमितताको नियन्त्रणमा ध्यान केन्द्रित गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे । ‘ढुंगा गिटी बालुवाको निर्णय ब्यक्तिगत गर्नुहुन्न । संस्थागत निर्णय गर्नुपर्छ । मनपरि चलेका क्रसर उद्योग र खानीहरुलाई नियमभित्र ल्याउनुप¥यो ।

प्रदेशभित्रको ८५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित सांसद र मन्त्रीहरुको सभामा सहभागी भएका छन् । यो बैठकमा बिशेषगरि संघीयताको कार्यान्वयन र समृद्धीका एजेण्डाका बारेमा छलफल केन्द्रित भएको छ । बैठकको पहिलो दिन आज ५ वटा कार्यपत्र माथी छलफल भएको छ ।

कमेन्टहरु
Loading...