गण्डकी प्रदेश आत्मनिर्भर बन्छ –नरदेवी पुन

पेखरा, २८ असार /गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउने लक्ष्यका साथ अघि बढेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनु भएको छ ।

तमु भाङग्रा हस्तकला उद्योगको आयोजना, मन्त्रालयको सहयोग र ङ्योए तमुधिको व्यवस्थापनमा सञ्चालित दुई महिने भाङग्रा तथा ढाका बुनाई तालिम समापन समारोहमा मन्त्री पुनले सीपलाई अर्थमा रुपान्तरण गर्ने गरि उद्यमशिल समाजका लागि मन्त्रालय अघि बढेको जानकारी दिनुभयो ।

“हामीले स्वारोजगार कार्यक्रमलाई जोड दिएका छौ । समाजवाद उन्मुख अर्थतन्त्र हाम्रो लक्ष्य हो ।” मन्त्री पुनले राज्यको ढुकुटी दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमै स्वरोजगार गराउने रहेको भन्दै सीप सिकेर प्रमाण पत्र शिरानीमा राख्ने काम नगर्न आग्रह गर्नुभयो ।

उहाँले सरकार नजिक रहेकाले अब निगरानी बढाएर परिणाम मुखि तालिमलाई प्राथमिकता दिने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य गायत्री गुरुङले उद्यमशिल समाज निर्माण दायित्व राज्यसँगै नागरिकको पनि भएको बताउनुभयो । सीपको सदुपयोग गरेर आत्मनिर्भर बने घर टोल हुँदै राष्ट्र समृद्ध हुने उहाँको भनाइ थियो ।

घरेलु उद्योग कास्कीका प्रमुख चत्रपाणी गौतमले सरकारले उद्योग व्यवसायलाई निकै प्राथमिकता दिएर कार्यक्रम ल्याएको भन्दै स्वरोजगार बन्न चाहानेहरुका लागि विभिन्न तालिमहरु प्रदान गरेको जानकारी दिनुभयो ।

स्वस्तीक हस्तकला उद्योगका संचालक सीता गुरुङले हस्तकलाको बजारीकरणमा अझै समस्या रहेको बताउनु भयो । उत्पादित सामानको बजारीकरणको ज्ञान पनि तालिम सँगै जरुरी रहेको भनाइ राख्नुभयो ।

गण्डकी प्रदेशमा भाङ्गा्राको माग राम्रो रहेकाले दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरेको तमु भाङग्रा उद्योगका संचालक एवं कार्यक्रमका अध्यक्ष पवित्र गुरुगंले जानकारी दिनुभयो ।

पाँच जना प्रशिक्षकद्धारा प्रदान गरिएको दुई महिने तालिममा ९० जनाले सहभागिता जनाएका थिए । सहभागीले भाङग्रा ढाकाको पछ्यौरा, रुमाल, साडि, लगायतका सामाग्री उत्पादन गरेको कार्यक्रम संचालक पुतली गुरुङले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...