गण्डकी प्रदेशको मन्त्री परिषदद्धारा ६ वटा निर्णय, मुख्यमन्त्री विदेश जाने

पोखरा, १९ साउन / गण्डकी प्रदेशको सरकारको पछिल्लो मन्त्रीपरिषद्का बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ ।

साउन १६ गते बसेको बैठकका निर्णय आइतबार सार्वजनीक गर्दै सरकारका प्रवत्ता रामशरण बस्नेतले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बैदेशीक भ्रमणलाई नेपाल सरकारसँग स्वीकृतको लागि सिफारिस गरेको, प्रदेश विकास प्राधिकरण विधेक बनाउन मन्त्री परिषदले सैद्धान्तीक सहमती दिएको लगाएतका निर्णय गरेको जानकारी दिए ।

त्यसै गरि आर्थिक मार्मिला तथा योजना मन्त्रालयले शसर्त अनुदान सम्बन्धी कार्यविधि, समपुरक अनुदान सम्बन्धी कार्यविधि, र विशेष अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसमा समपुरक अनुदान कार्यक्रम २०७५ मा संसोधन भएका दफा ४ उपदफा ३ को सट्टा संसोधनका लागि प्रस्ताविध उपदफा ३ मा रहेका ७० प्रतिशत सम्म भन्ने शब्दको सट्टा ६० प्रतिशत सम्म भन्ने राखेर अनुमोदन गरिएको छ ।

पर्यटन मन्त्रालयले पेश गरेको केहि प्लास्टिक जन्य पदार्थ नियन्त्रण गर्न बनेको विधेयकको मस्यौदालाई सैद्धान्तीक स्वीकृत दिने निर्णय गरेको बस्नेतले जानकारी दिए ।

त्यस्तै भूमी ब्यवस्था कृषि सहकारी मन्त्रालयका पेश परेको दुग्धविकास बोर्ड गठनको लागि मुल कमिटि गठन गर्न स्वीकृत दिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भदौ ७ र ८ गते यूकेमा हुने नेपाली मेलामा सहभागि हुन जाने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...