गण्डकी प्रदेशले घटस्थापनामा बिदा दिने निर्णय

पोखरा, १० असोज /गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनाको दिन ( असोज १२ गते ) मा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेशको मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । गण्डकी प्रदेश सरकारमा विभिन्न संघ सस्थाले घटनास्थापनमा विदाको माग गरेका कारण सोही अनुसार बिदा दिइएको उनले बताए ।

उनले बिहीबारको बैठकले विभिन्न ६ निर्णय समेत गरेको छ । मन्त्रिपरिषदको बैठकले बाल सुधार गृह, हिरासत र थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका स्वीकृत गर्ने, मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा निरीक्षण गरी प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाउनुपर्ने, दिगो विकास लक्ष्यः गण्डकी प्रदेशको आधार रेखा’ प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यसै गरि गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखेर काफलडाँडा मान्द्रे वन उपभोक्ता समितिको नामको १५ रोपनी जमिन उपलब्ध  गराउन नेपाल सरकारलाई सिफारिस गर्ने, पोखरा—१८ सराङकोटको रत्न आधारभूत विद्यालयको ९६ रोपनी जमिन प्रदेशको आइटीपार्क निर्माणका लागि उपलब्ध गराइदिन नेपाल सरकारलाई अनुरोध गर्ने,  पर्यटन वर्ष सन् २०१९ देखि २२ कार्य सञ्चालनका लागि निम्ति पर्वत मोदी गाउँपालिका चित्रे गाउँका जुद्धबहादुर गुरुङलाई सहसचिव सरह सुविधा हुने गरी संयोजक नियुक्त गर्ने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...