गण्डकी प्रदेशका १८ ठाउँमा केबलकार सञ्चालनको सम्भाव्यता

पोखरा, ३० असार / गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउबाट केबलकार बनाउन अनुमतिका लागि आवेदन परे पनि १८ ठाउँमा सम्भाव्यता देखीको छ ।

केबलकार बनाउने प्रस्ताब सहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको बुझ्न अध्ययन गरीएको थियो ।

केबलकार निर्माणको क्षेत्रमा लामो समय अनुभव बटुलेको रोप वे नेपाल कम्पनीलाई प्रदेशभित्र सम्भावित केबलकार बनाउँने ठाउँको अवस्थाबारे अध्ययनको जिम्मा दिएको थियो ।

कम्पनीले पहिलो चरणको अध्ययनबाट गण्डकी प्रदेशका १८ ठाउँमा भौगोलीक अवस्था अध्ययन गर्दा उपयुक्त रहेको निस्कर्ण निकालेको हो ।

अध्ययन गरेको प्रतिबेदन प्रदेश सरकारलाई कम्पनीले बुझाएको छ ।

कमेन्टहरु
Loading...