नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गरे पदबहाली

पोखरा, २० कात्तिक / नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । पोखरा शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगि पदभार गरे ।

उनले पदभार ग्रहण गर्दै नेपालको संविधान अनुसार काम गर्ने बताए । उनले सत्ता बाहिर रहेका दलहरु सगँ मिलेर काम गर्ने बताए । उनले देशमा विभिन्न खाले समस्याहरु अगाडी रहेको भन्दै त्यसलाई सबै मिलेर हल गर्ने बताए ।

उनलाई स्वागतका लागि पोखरा विमानस्थलमा गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका सभामुख, कर्मचारी, दलका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।

उनलाई प्रदेश कार्यलयमा नेपाली सेनाले सलामी दिदै स्वागत गरेको थियो । मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीसँग सपथ ग्रहण शेरचन बुधबार पोखरा आएका हुन् ।

कमेन्टहरु
Loading...