फेवातालको सिमसार पुर्न तत्काल रोक्न मुख्यन्त्रीको निर्देशन

पोखरा, २४ बैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको माटो झिकेर सीमसार क्षेत्र पुर्ने उल्टो काम नगर्न सचेत गराएका छन् । पोखराको मुख्य आकर्षण फेवातालका सिमसार क्षेत्र पुरिएको स्थानको सोमबार अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले ताल संरक्षणका लागि सीमसार संरक्षण महत्वपूर्ण रहेको बताए ।

पोखरा महानगरपालिकाले गत ५ वर्षमा तालको मुहान क्षेत्रबाट बगेर गएको कमरो माटो, गेग्रयानले ताल पुरिएर बनेको १६२ रोपनी मैदानको माटो झिक्ने क्रममा त्यो माटाले सीमसार क्षेत्रमा पुर्न थालेपछि संरक्षण कर्मीले त्यसको बिरोध गर्दै आएका छन् । तालको माटो झिकेर बिक्रीबाट भएको आम्दानी लिने गरी महानगरपालिकाले एक निजी कम्पनीलाई माटो झिक्ने जिम्मा दिएको थियो ।

कम्पनीले झिकेको माटाले सीमसार क्षेत्र पुरेपछि यसको विरोध हुँदै आएको छ । तालको माटो झिक्ने कामको प्रशंशा गर्दै मुख्यमन्त्री गुरुङले माटो सीमसार क्षेत्र पुर्नु गलत भएको बताए । तालको मुहान क्षेत्रको खहरे खोलामा बन्न लागेको पुलको शिलान्यास कार्यक्रममा पनि उनले पोखरा फेवाताल बेचेरै बाँचिरहने दाबी गरे।

यसैले फेवाताल अतिक्रमण गर्ने काम हुन नहुनेमा मुख्यमन्त्री गुरुङले जोड दिए । फेवाताल संरक्षणमा आजसम्म कतैबाट पहल नभएको उनले सुनाए ।

आजसम्म फेवाताल संरक्षण गर्ने कुनै कोही जन्मेको छैन,’ उनले भने, ‘फेवाताल संरक्षणमा सर्वोच्चको आदेश पालना गर्न, फेवातालको मापदण्ड कायम गरेर नयाँ संरचना निर्माणको काम प्रदेश सरकारले गर्ने बताए ।

कमेन्टहरु
Loading...