आगामी एक बर्षमा गण्डकी प्रदेशका सवै जनताको घरघरमा धारा- मन्त्री बस्नेत

पोखरा, २१ भदौं/ गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले आगामी एक बर्ष भित्रमा प्रदेशका सवै जनताको घर घरमा धारा पुराउने बतएकाछन्।

पोखरा २२ मा रहेको पुम्दी भुम्दी खानेपानी तथा सरसफाई आयोजनाको नवौं साधारण सभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले प्रदेश सरकारले अबको एक बर्ष भित्र प्रदेशका सजताको घर घरमा धारा जडान गर्ने बताएका हुन्।

आगामी दुई बर्ष भित्र प्रदेशका सवै जनतालाई सुद्धपिउने पानीको ब्याबस्था मिलाउने उनले जनाए । प्रदेश सरकारले पहिलो मन्त्री परिषदको बैठकले नै दुई बर्ष भित्र प्रदेशमा आधारभुत खानेपानीको व्यबस्था मिलाउने निर्णय गरेको स्मरण गर्दै सरकारका प्रवक्ता समेत रहेका मनत्री बस्नेतले त्यसलाई कान्वयन गर्न सरकार लागेको बताए ।

कृषि फार्ममा युवा आकर्षण गरी कृषिमा अनुदान दिने र विदेशमा भएका युवाहरुलाई स्वदेशमा फर्कायर आफ्ना गाउँ ठाउँमा उत्पादन गर्ने तर्फ प्रोत्साहन गर्ने रणनितिक योजना बनाउदै गरेको उनले जनाए । रोजगारको लागि विदेशीएका नेपालीको परिवारमा ठुलो समस्या भएको छोराछोरीले बाबु आमा नै नचिन्ने सम्मको समस्या रहेको मन्त्री बस्नेले उल्लेख गरे ।

पुम्दी भुम्दीको सडक निर्माण गर्ने जिम्मा प्रदेश सरकारले दिने मन्त्री बस्नेतले बताए । उनले भने “ प्रदेश सरकारले प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण गर्ने योजना बनाएको छ, यस क्षेत्रको लागि हामीले सडकमा लगानी गछौं, अब पुम्दी भुम्दी वासिले सडकको चिन्त्ता लिनु पर्दैन्। ” विकासको मोडल यस्तो हुन्छ भनेर देखाउने गरी गुणस्तरिय सडक निर्माणमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको मन्त्री बस्नेतले जनाए ।

केही निर्वाचन क्षेत्रमा नमुना सडक निर्माणको लागि हाल टेण्डर प्रकृयामा अघि बढेको उनले जनाए । रणनितीक महत्व राख्ने बाटोहरु छनौट गर्न थालेको बताउदै मन्त्री बस्नेतले अब मन्त्री र सांसदहरुलाई यो बाटोमा बजेट पार्दिनुहोस भन्दै मन्त्रालय धाउन नपर्ने जनाए ।

गण्डकी प्रदेशमा सांसद रामजी बराल (जिवन) ले पुम्दी भुम्दीमा बाँकी रहेका घर दुरीमा एक घर एक धारा सहितको सुद्धपिउने पानी उपलब्ध गराउन सवैको साथ सहयोग आवश्यक भएको बताए । फरक प्रशंगमा सांसद जिवनले कुनै कार्यक्रममा वोल्न पाए भन्दैमा आफुले जानेजति सवै कुरा राख्न खोज्नु उचित नहुने जनाए ।

प्रदेश सांसद राजिव पहारीले वादर समस्याले कृषकहरु हैैरानि भएको बताए । बादरका कारण केही बस्ती नै खाली र जमिन बाजो हुने अबस्थामा पुगेको उनले बताए । पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष मित्रलाल बरालले वडाको विकासको लागि अब आफु महानगर र प्रदेश सरकारसमक्ष केही दिन धाउने बताए । नेकपा पोखरा २२ का अध्यक्ष चण्डीका प्रसाद बरालले हाल जडान भएका धारामा करिब ९५ प्रतिशत उपभोक्ता सन्तुष्टि भएको दाबी गरे ।

कागेंसका पोखरा २२ का सभापति देउकाजी गुरुङले तिलाहार तारेभिर सडक निर्माणमा जनैलगाउनेहरुले नै अबरोध गरेको आरोप लगाए । पानेपानीको कार्यक्रममा पोखरा बजारबाट मिनिरल वाटर ल्याएर कार्यक्रममा सहभागिहरुलाई दिनु पुम्दी भुम्दीमा सुद्धपिउने पानी अभाव भएको पुष्टि भएको दाबी गरे ।

ठुलढुंगा खानेपानी योजनाका अध्यक्ष गोपीनाथ बरालले मानवको लागि पानी अनिवार्य पहािले आवश्यकता भएकोले सरकारले जनतालाई पानी तत्काल उपलब्ध गराउनु पर्ने माग राखे । शुक्रराज माविका अध्यक्ष एवं पूर्व सिडिओ नरहरी बराल पुम्दी भुम्दीमा खानेपानीको अभियान्ता नन्दकली बरालकोे राम्रोसंग श्रद्धा गर्नुपर्नेमा जोड दिए । बिद्यालयका प्राचार्य नरनाथ बरालले पुम्दी भुम्दीका बिद्यालयहरुमा बिद्यार्थीको सङख्या घट्दै जादा बचाउन कठिन हुन थालेको गुनासो गरे ।

पानीको साथमा सरसफाइमा समेत उत्तिकै ध्यान दिनुपर्नेमा उनले जोड दिए । कालाभाङ घरेडी होमस्टेका अध्यक्ष प्रकाश गुरुङले हाल धारामा जस्तो पानी आएको छ त्यसै पानी पिउन आफुहरु बाध्य भएको गुनासो गरे । समाजसेवी बुद्धि माया गुरुङले नेपाली नारीको महान पर्व हरितालिका तिज पर्वको धर्म र मर्म हराउदै गएकोमा चिन्त्ता व्यक्त गरिन्।

संस्थाका उपाध्यक्ष झलक बरालले ठुलढुंगा खानेपानी परियोजनामा ठुलो बजेट (करिब दुई करोड ) आवश्यक पर्ने बताए । संस्थाका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबिच, पुम्दी भुम्दीमा एक घर एक धारा जडान अभियानमा सुरु देखि हालसम्म महत्वपूर्ण सहयोग पुराएको भन्दै प्राविधिक खडानन्द बराल र इन्जिनियर शिवहरी आचार्यलाई सम्मान गरिएको सचिव नवराज बरालले बताए । उनीहरुलाई सम्मान पत्रको साथमा दोसला र फुलमालाले मन्त्री बस्नेतले सम्मान गरेका हुन्। उनीहरु दुबै जना नेपाल सरकार निजामति सेवाबाट निवृत्त भएकाछन्।

पोखरा महानगरपालिका २२ (पुम्दी—भुम्दी) मा हालसम्म ६८ प्रतिशत एक घर एक धारा जडान कार्य सम्पन्न भएकोे छ । पोखरा २२ मा हालसम्म १ हजार ४ सय ८७ जना अर्थात ६८ प्रतिशतको घर घरमा पिउने पानीको धारा जडान गरिएको पुम्दी भुम्दी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष राजबहादुर गुरुङले बताए ।

उनका अनुसार पोखरा २२ मा ७ सय ९ अर्थात ३२ प्रतिशत घर धुरीमा पिउने पानीको धारा जडान कार्य बाँकी रहेको छ । बाकी आयोजना सफल पार्न करिब ५ करोड बजेटको आवश्यकता भएको प्राविधिक खडानन्द बरालले बताए । ०७२ सा देखि पोखरा २२ मा एक घर एक धाराको अभियान सुरु भएको हो ।

कमेन्टहरु
Loading...