पोखराको फुटबल इतिहास पुस्तकमा

पोखरा, १४ पुस / पोखराको फुटबल इतिहासका बारेमा पत्रकार बिनोद लामिछानेद्वारा लिखित पुस्तक फुटबलको शनिबार पोखरामा विमोचन गरिएको छ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले एक समारोहका विच उक्त पुस्तरकको विमोचन गर्नुभएको हो ।

पुस्तकमा पोखराको फुटबलको विगत र बर्तमानका बारेमा उल्लेख गरिएको छ । नयाँ पुस्तालाई खेलप्रति आर्कषण गर्न पनि पुस्तक सफल रहेको छ । पुस्तकमा पोखरामा फुटबलको सुरुवातका बारेमा चर्चा गरिएको छ । फुटबलका पूराना खेलाडीको खेल प्रतिको लगाबका बारेमा समेत प्रस्तुत गरिएको छ ।

पोखराको खेल मैदानदेखी व्यवसायीक खेलाडी, फुटबलका अभिन्न अंग रेफ्रीका बारमा पनि चर्चा गरिएको छ । ६४ पृष्ठ लामो पुस्तकमा नेपाली फुटबलमा महत्वपूर्ण योगदान दिएपनि ओझेलमा परेका खेलाडीको खोजी गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुखले कुँवरले खेलमा समावेशी र आरक्षण गर्ने कुरा गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ′आरक्षण दिने ठाँउ अरु छन ।

खेल क्षेत्रमा खेलाडीको नितान्त खेल हेरिनु पर्दछ ।’ खेलको बिकासका लागि गण्डकी सरकारले नीति तथा कार्यक्रममा नै खेलको विकासका लागि बजेट छुट्याएको बताउनुभयो । सो अवसरमा पुराना खेलाडीहरु डम्मरलाल माकाजु, यज्ञबहादर साही र रुद्रनाथ पौडेललाई सम्मान गरिएको थियो ।
विमोचन समारोहमा साँसद दिपक कोइराला, राखेप सदस्य राजेश गुरुङ, एन्फा उपाध्यक्ष कृष्ण थापा, पूर्व राष्टिय खेलाडी खेम गुरुङ लगायतले पोखरेली फुटबल इतिहासलाई जिवितै राख्न पुस्तक महत्वपूर्ण हुने बताउनुभयो ।

फुटबलको इतिहासमा यो लिखित दस्तावेज हुनेमा उहाँहरुले विश्वास व्यक्त गर्नुभयो । प्रकाशन सल्लाहकार गणेशबहादुर भट्टराइले पुराना पुस्ताका खेलाडीहरुको पहिचानका लागि यो पुस्तक प्रकासन गरिएको बताउनुभयो । सम्पादक लामिछानेले पुस्तक लेखनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । सञ्चारकर्मी मधु अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...