फेवातालको मापदण्डमा बनेका आसपासका घर र संरचना महानगरले भत्काइने

पोखरा, ९ जेठ/पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर मापदण्डमा बनाइएका संरचना भत्काउन स्थानीयलाई १५ दिनको अल्टिमेटम दिएको छ ।

पोखरा महानगरले बिहीबार सूचना जारी गर्दै ६५ मिटर मापदण्ड भित्र बनेका १५ दिनभित्र हटाउन चेतावनी दिएको हो ।

मापदण्ड भित्र रहेका संरचना हटाउन चेतावनी दिदै अटेर गरी त्यस्ता संरचना नहटाएमा महानगरले हटाउने र सो वापत लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा उल्लेख छ ।

सर्वोच्च अदालतले संघीय सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई स्पष्ट जिम्मेवारी तोके अनुसार नै काम अगाडी बढाएको सूचनामा उल्लेख गरेको छ ।

फेवातालको मापदण्डमा बनेका आसपासका घर र संरचना महानगरले भत्काइने
फेवातालको मापदण्डमा बनेका आसपासका घर र संरचना महानगरले भत्काइने

फेवातालको संरक्षण सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलामा पोखरा महानगरपालिकालाई तोकेको जिम्मेवारी अनुसार फेवातालको जलाधार संरक्षणको काम थालेको र मापदण्डभित्र बनेका संरचना हटाउन सूचना प्रकाशन गरिएको महानगरले जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले सर्वेच्च अदालतले गरेको फैसला अनुसार तोकेको जिम्मेवारी पुरा गर्न सूचना प्रकाशित गरिएको बताए ।

कमेन्टहरु
Loading...