स्टेण्डबोटमा गएका श्रेष्ठ फेवातालमा डुवेर बेपत्ता

पोखरा, २४ मंसिर/पोखराको फेवाताल घुम्नका लागि स्टेण्डबोटमा गएका एक युवा फेवातालमा डुबेर बेपत्ता भएका छन् । काठमाण्डौैका रोशन श्रेष्ठ फेवातालमा खसेर बेपत्ता भएका हुन् ।

दिदि सगँ पोखरा घुम्न आएका श्रेष्ठ स्टेण्डबोटमा सयर गर्दै तालको गएका थिए । दिदि र उनी छुट्टाछुटै स्टेण्डबोटमा गएका थिए । दुबैले लाइफ ज्याकेट लगाए पनि रोशन पौडी खेल्न भन्दै तालमा गएका थिए । तर पौडी खेल्ने क्रममा उनको मसल फर्किए पछि तालमा डुबेको प्रहरीको भनाई छ ।

दिदी रोशनीसँग उनी आइतबार पोखरा आएका थिए । दिदिले शसस्त्र प्रहरीको रेस्क्यु टिमलाई खबर गरेकी थिइन् । अहिले प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले खोजी गरिरहेको छ ।

कमेन्टहरु
Loading...