इन्जिनियर एसोसिएसन गण्डकीमा नेकपाको प्यानल विजयी (कस्को कति मत)

पोखरा, १ पुस/ नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीमा प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन)को प्यानलले चुनाव जितेको छ । शुक्रबार पोखरामा भएको अधिवेशनबाट नेकपा समर्पित इन्जिनियरिहरुको एसोसिएसनले प्यानल नै जितेको हो ।

अध्यक्षमा आर्किटेक इन्जिनियर बाबुराम भण्डारी ५ सय ६४ मत सहत विजयी भएका छन् । लोकतान्त्रिक समूहका राजेश भट्टराई ४ सय १५ मत ल्याएका थिए । उनीहरु दुवै जना पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा कार्यरत हुन् ।

ध्रुवराज भट्टराई उपसभापतिमा विजयी भएका छन् । उनले ५ सय ९२ मत लाएका छन् भने पराजित विनोद प्रसाद हेज्यूले ३ सय ८७ मत प्राप्त गरे । दीपक थापा सचिवमा विजयी भएका छन् । उनले ५ सय ८८ मत लाएका छन् भने सन्तोष जिसी ३ सय ९४ मत ल्याएर पराजित भए ।

सहसचिवमा विष्णुप्रसाद खनाल विजयी भए । उनले ५ सय ८४ मत ल्याएका छन् भने सन्तोषकुमार बरालले ३ सय ८४ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा सोवित बहादुर क्षेत्री ५ सय १८ मत सहित विजयी भएका छन् भने सरला श्रेष्ठले ४ सय ३५ मत ल्याइन् ।

सदस्यमा पनि प्रोग्रेसिभ प्यानलबाटै विजयी भएका छन् । सदस्यका हरिकला थापा गुरुङ, डा. केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदिप न्यौपाने, सर्मिला गौतम र अनिशकुमार ढकाल विजयी भएका छन् । सबैभन्दा बढी मत सर्मिला गौतमले ल्याएकी छन् । उनको मत ६ सय ४ रहेको छ ।

कमेन्टहरु
Loading...