दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

पोखरा ,१२ माघ /गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङ्गे ) धरौटीमा रिहा भ​एका छन् । अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गुरुङ आइतबार ६ हजार धरौटीमा रिहा भ​एका हुन् । रिहा हुनु अघि आइतबारै सरकारी वकिलको कार्यालयमा गुरुङसँग बयान लिईएको थियो ।

रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङ्गेले मिलन गुरुङ विरुद्ध आफू सफल भएको बताए । मनाङ्गेले आफूलाई कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष मिलन गुरुङले मंगलबार प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरी फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

यसैबिच, मनाङ्गे बिरुद्द उजुरी दिने  एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ अहिले प्रहरीको हिरासतमा छन् । उनलाई बैंकिङ कसुर तथा ठगीको आरोपमा कास्की प्रहरीले माघ १० गते पक्राउ गरेको थियो ।

कमेन्टहरु
Loading...