एयरपोर्ट टोल विकास समितिद्धारा डेंगुको बारेमा सचेतना

पोखरा, २५ साउन /पोखरामा डेंगुको प्रकोप बढ्दै जान थालेपछि सचेतनामुलक कार्यक्रमहरु गर्न थालिएको छ । विशेषगरी पोखरा महानगरको वडा नम्बर ८ मा डेंगुुको बिरामी फेला परेपछि एयरपोर्ट टोल बिकास संस्थाले आफ्नो टोल सहित ८ नम्बर वडा भित्रका विभिन्न टोलहरुमा सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

पोखराको वडा नम्बर ८ मा मोटर ग्यारेज र कवाडी संकलन केन्द्र रहेको, ग्यारेज र कवाडीमा पानी जम्ने र डेंगु फैल्याउने लामखुट्टे वढी मात्रामा रहेको पाइएकाले त्यस्ता ठाउहरुमा पुगी ड्रम, टायर, प्लाष्टिकका भाडा, वोतल लगायतका सामाग्रीहरुमा पानी जम्ने गरी नराख्न समेत आग्रह गरेको छ ।

शुक्रबार एयरपोर्ट टोल बिकास संस्थाले संस्थामा आवद्ध सदस्य तथा टोलबासीलाई भेला गरी डेंगु रोगको बारेमा जानकारी र यसबाट कसरी बच्ने भनी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सचेतनामुलक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले डेंगु रोग फैलिन नदिनका लागी एयरपोर्ट टोल बिकास संस्थाले थालेको अभियानलाई अन्य वडाहरुमा समेत पुर्याउनुपर्नेमा जोड दिए ।

विशेष गरी वर्षा यामको अन्त्यमा देखा पर्ने डेंगु रोग हामी आफ्नै घरबाटै फैलिने र शुरु हुने भएकाले पानी जम्मा हुने ठाउहरुको पहिचान गरी आफ्नो घरटोल सफा राख्नुपर्ने वताए ।

त्यस्तै वडा नम्बर ८ का वडा सदस्य किरण गौतमले अघिल्लो वर्षपनि पोखरा महानगरपालिकाको वडा नम्बर ८ बाटै कास्कीमा डेंगु देखा परेको र यो वर्षपनि फेरी वडा नम्बर ८ मानै डेंगुको विरामी फेला परेकाले वडा नम्बर ८ भित्रका ग्यारेज र कवाडीहरुमा छरपस्ट राखिएका ड्रम, टिन, प्लाष्टिकका बोतल लगायतमा पानी जमेर लामखुट्टेको संख्यामा वृद्धि भइ डेंगु देखा परेको वताउदै त्यस्ता ठाउमा सरसफाइलाई विशेष जोड दिइएको वताइन ।

शहरी स्वास्थ्य प्रवद्र्धनका अधिकृत नवराज पौडेलले डेंगु रोग भदौ, असोज र कार्तिक महिनामा देखा पर्ने वताए । डेंगु रोग लागेको ब्याक्तिलाई टोकेको एडिज प्रजातिको लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा डेंगु सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बाट वच्न सके डेंगु रोगबाट बच्न सकिने वताए । दिउसोको समयमा डेंगु फैल्याउने लामखुट्टेले टोक्ने भएकाले शरिर पुरै ढाक्नेगरी कपडा लगाउन सुझाव दिदै पौडेलले घर वरिपरि सरसफाइ गर्ने र पानी जम्न नदिने हो भने लामखुट्टेले फुल, लार्भा र प्युपा उत्पादन गर्न नसक्ने उनको भनाइ रहेको थियो ।

सो अवसरमा एयरपोर्ट टोल बिकास संस्थाका अध्यक्ष सावित्री घिमिरेले आफ्नो वडाबाट डेंगु रोग देखा परेकाले यो वर्षपनि अघिल्लो वर्ष जस्तै डेंगु विरुद्ध सचेतना कार्यक्रमलाई निरन्तरता दिइरहेको वताइन । पोखरा महानगरपालिकाको ८ र ९ मा धेरै डेंगुका विरामी भेटिएका छनभने अन्य वडाहरु १,२,४,५,६,१०,१७ र २५ वडामा गरी हाल सम्म २७ जना संक्रमित बिरामीहरु भेटिएका छन् ।

कमेन्टहरु
Loading...