कमजोरी देखाएर संघियता गलत हो भन्नु सहि नभएको- सभापति कोइराला

लेखनाथ, २१ भाद्र/ गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकार सञ्चालनको क्रममा भएका सामान्य कमजोरीलाई देखाएर संघियता नै गलत हो भन्नु सहि नहुने बताए ।

लेखनाथ उद्योग वाणिज्यसंघको २३ औं वार्षिक साधारण सभा तथा १२ औं महाधिवेशनको अबसरमा शुक्राबार बोल्दै सभापति कोइरालाले त्यस्तो बताएका हुन् । कुनै स्थानीय तहको सरकारले आफुलाई पनि कर लगाउने अधिकार भएको भन्दै नजानेर खसी बोका, सागमा कर लगाएको विषयलाई देखाएर सघियता नै गलत भन्नु गलत भएको उनको भनाई थियो ।

हाम्रोमा संघियताको अभ्यास नयाँ भएकोले सबैलाई बानीपर्न केहि समय लाग्न उनको भनाई थियो । महानगरले लेखनाथ क्षेत्रलाई विशेषरुपमा हेर्नुपर्ने कोइरालाको जोड छ । लेखनाथलाई गाभेर देशकै ठुलो महागर पोखरा महानगर बनाई सकेकोले अब फेरि छुट्टै नगरपालिका बनाउछौ भन्दा त्यति सान्दर्भिकता नहुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशकासांसद विन्दु कुमार थापा र नेपाल उद्योग बाणिज्यसंघका पुर्व अध्यक्ष आन्नदराज मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगाएतले कर्मचारीले गलत कानुन बनाएर जनताको पक्षमा काम गर्न कर्मचारीले नदिएको बताए ।

कार्यक्रममा अर्का उपाध्यक्ष चन्द्र प्रसाद ढकाल , उद्योग वाणिज्यसंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव वहादुर कोइराला कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसी, पोखरा उद्योग वाणिज्यसंघका अध्यक्ष दामु अधिकारी, लेखनाथ उद्योग वाणिज्यसंघका पुर्व अध्यक्ष सुमनमोहन भट्टराई , समाजसेवी वुद्धिमाया थापा लगायतले बोल्नु भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्यसंघका अध्यक्ष कृष्णहरि भण्डारीले लेखनाथ उद्योगबाणिज्यसंघ देशकै उत्कृष्ट बन्न सफल भएको भन्दै आगामि दीनमा पनि सवैको साथ र सहयोगको अपेक्षा गरे ।

सर्वसहमत रुपमा नयाँ कार्यसमिति गठन भएको भन्दै कार्यक्रममा लेखनाथबासी र उद्योग वाणिज्यसंघको प्रसंसा गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव भरतराज अधिकारीले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन निर्वतमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले गरेका थिए ।

कमेन्टहरु
Loading...