कास्की प्रहरीको दशै तिहार सुरक्षा योजना, ठाउँठाउँमा चेकिङ र एम्बुसिङ

पोखरा, १९ असोज/ जिल्ला प्रहरी कार्यालय कास्कीले दशै तिहारलाई लक्ष्त गरि विषेश सुरक्षा योजना सार्वजनीक गरेको छ । प्रहरीले राजमार्ग

गस्ती, एम्बुसिङ चेकिङ देखि कुकुर परिचालन गरी चेकिङसम्म गर्ने लक्ष्य प्रहरीले लिएको छ । त्यसका लागि कास्कीको विभिन्न क्षेत्रमा

५ सय ८६ जना सुरक्षाकर्मी थप खटाउने तयारी गरेको छ ।

कास्कीको कोत्रे, गगनगौडा, विजयपुर र तालचोक, याम्दी, हेम्जा कालिमाटी, खाडेखोला तथा अन्य शंकास्पद क्षेत्रमा कुकुरसहित चेकिङ

गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गर्दै जनाएको छ । सुरक्षाको अनुगमन भने प्रहरी उपरिक्षक तथा प्रहरी नायब

उपरिक्षकले गर्ने कास्कीका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

प्रहरीले राजमार्ग क्षेत्रमा गस्ती मोटरसाईकल गस्ती, मोवाईल गस्ती पैदल गस्ती विशेष चेकिङ, सरप्रपाईज चेकिङ, एम्बुसिङ, क्युआरटी

लगायटका डियुटीहरु परिचालन गर्ने जनाएको छ । प्रहरीले चाडपर्वकै अवसरमा उपभोक्तामाथि सामानको अभाव बनाई ठगी गर्ने

सम्भावना समेत रहने उल्लेख गर्दै अनुगमनलाई गर्ने निर्णय समेत गरेको छ । ग्रामीण क्षेत्रमा विशेष गरी पैदल गस्ती परिचालन गरी

ग्रामीण क्षेत्रमा सवारी साधनको बारेमा निगरानी बढाईने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रबीन्द्रमान गुरुङले जानकारी दिए ।

प्रहरीले पछिल्लो समय सवारी साधनमा छड्के चेकजाँच गर्दै आएको छ । त्यसलाई चाडपर्वमा अझ बढी प्रभावकारी बनाउन सिट क्षमता

भन्दा बढी यात्रु र छतमा यात्रा गर्न रोक लगाउँदै क्षमता भन्दा बढी यात्रु ओसार्ने सवारी साधनलाई कारवाही गर्ने जनाएको छ ।

अवैध घरेलु मदिरा, लागु औषध तथा जुवातासलाई नियन्त्रण गर्न प्रहरीले विशेष भूमिका खेल्ने समेत प्रहरीको भनाई छ ।

चाडपर्वलाई लक्षित गरी पोखरा भित्रयाउने गरिएको छ । आफनो इलाकामा पर्ने लोकमार्ग, भेडा च्याङग्रा भित्रिने नाका तथा मार्गमा गस्ती

गरी अवैध असुली कार्य नियन्त्रण गर्ने तर्फ विशेष ध्यान दिने समेत उल्लेख गरेको छ । दोहोरी, गजल, रेष्टुरेण्ट, बार, डिस्को, भट्टी

पसलहरुमा निगराखी राखिने समेत प्रहरीले जनाएको छ । तोकिएको समयभित्र अनिवार्य रुपमा बन्दा गराउने नभए आवश्यक

कारवाही समेत गर्ने प्रहरीले पत्रकार सम्मेलनमा सुनायो ।

पछिल्लो समय पोखरामा बैंक तथा वित्तिय क्षेत्रमा चोरीको घटना बढ्दै गएको अवस्थामा प्रहरीले चाडपर्वको समयमा विशेष निगरानी

गरिने जनाएको छ । प्रहरीले आफनो क्षेत्रभित्र रहेको सरकारी तथा गैह्रसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा गस्ती

बढाउने पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले बताए । एयरपोर्टमा यात्रुहरुको भीडभाड लाग्ने हुदाँ चेकजाँच तथा निगरानी बढाउने समेत

प्रहरीले जनाएको छ ।

चाडपर्वको अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने बृद्धि रहेको बताउँदै त्यस्ता सवारी साधनलाई कडाई गरिने जिल्ला प्रहरी

कार्यालय कास्कीका प्रमुख ओम रानाले बताए । पटका, प्रज्वलनशिल तथा आतिसबाजी जस्ता क्रियाकलाप समेत प्रहरीले नियन्त्रण गर्ने

जनाएको छ । पटकासहित आतिसबाजी बातावरणीय प्रदुषण फैलाउने मात्रै नभई मानवीय अंगभंग समेत हुने अवस्थाले त्यस्तो

क्रियाकलाप विगतमा भएपनि अब न्युनिकरण गरिने प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा अपराधिक गतिविधि बढी हुने भएकोले प्रहरीले त्यस समयमा बढी चनाखो हुनुपर्ने निर्देशन समेत रानाले प्रहरी

जवानलाई दिईसकेका छन् । घरमा कोहीनभएको अवस्थामा झ्याल ढोका फोरी चोरी गर्ने, रातको समयमा सटर, ढोकाहरु फोरी पसल

चोर्ने एवं डाका गर्ने जस्ता गतिविधिहरुले सामाजमा त्रासदी फैलिएको भन्दै त्यस्तो घटना न्युनिकरण गर्न प्रहरी सदैव चनाखो भएर

सेवामा समर्पित हुने विश्वास उनले दिलाए ।

यात्राको क्रममा काउसो लगाई, नक्कली डलर तथा सुन देखाई लुट्ने, नशालु पदार्थ खुवाई सर्वस्व लुट्ने जस्ता गतिविधि बढी हुने

भएकोले त्यस तर्फ सर्वसाधारण आफैं सचेत हुनुपर्नेमा समेत प्रहरीले जोड दिएको छ । राजनैतिक दल तथा तिनका भातृ संगठनहरु,

विभिन्न संघसंस्था, क्लबहरुले विभिन्न बाहानामा जर्वजस्ती चन्दा असुली गर्ने र टिकट वितरण गर्ने परिपाटी समेत रहेको भन्दै

त्यस तर्फ पनि ध्यान दिनुपर्ने खाँचो औंल्याएको छ । रातको समयमा खसी बोकाहरु विक्री हुने स्थान, धार्मिक स्थाल, व्यापारिक केन्द्र।

बसपार्क, बसस्टप, सवारी साधनमा पकेटमार्ने प्रवृत्ति हुने

भएकोले त्यस तर्फ समेत आफैं सजग र सचेत हुन समेत प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले चाडपर्वको समयमा अपराधिक गतिविधि न्युनिकरणको लागि सादा पोशाकमा प्रहरी परिचालन गर्ने बताएको छ । अपराध घट्न

सक्ने सम्भावित क्षेत्रहरुको पहिचान गरी प्रहरीको विशेष सुरक्षा टोली परिचालन गर्ने उल्लेख गरेको छ । अपराध नियन्त्रण र घटीत

अपराधको प्रभावकारी अनुसन्धानको व्यवस्था मिलाउने समेत प्रहरीले जनाएको छ ।

पोखरामा यस्तो छ दैश र तिहारको सुरक्षा व्यवस्था

पोखरामा यस्तो छ दैश र तिहारको सुरक्षा व्यवस्था

Posted by Ganthan.com on Thursday, October 4, 2018

कमेन्टहरु
Loading...