मुख्यमन्त्री गुरुङ बेलायत, मेयर जिसी चीन तर्फ

फाइल तस्बिर

पोखरा, ६ भदौ / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार बेलायत प्रस्थान गरेका छन् ।

बेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसगै शुक्रबार त्यसतर्फ प्रस्थान गरेको स्वकीय सचिव सुर्य प्रसाद गुरुङले जानकारी दिए ।

हाम्रो सस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने मुल नारा सहित आइतबारदेखि वेलायतमा नेपाली मेला सुरु हुदैछ । मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिको रुपमा सहभगी हुनेछन ।

तमू धीं युकेको आयोजनामा २००९ देखि नेपाली मेला सञ्चालन हुदै आएको छ । वेलायत बसाईको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएन वेलायत सहित विभिन्न नेपाली समुदायको गर्ने कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम छ ।

वेलायत बसाईको क्रममा एनआरएन नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण बर्षका लागि वताबरण बनाउन आफ्नो भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए । मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

त्यसै गरि पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी पनि चिनमा गएका छन् । उनी सहित नेपालका २० जना मेयर उपमेयर चिनका बिकास बारे अध्ययन गर्न गएका हुन् ।

कमेन्टहरु
Loading...