कक्षा ११ मा दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने

काठमाडौं, २६ कात्तिक /राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

बोर्डले एउटा मात्रै विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने प्रावधान संशोधन गरेर सी या सोभन्दा तल्लो ग्रेड ल्याएका दुई विषयमा पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।

सी, डी प्लस, डी वा ई ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै पनि दुई विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
कक्षा ११ को गत असोज २० मा प्रकाशित नतिजामा यस्तो ग्रेड प्राप्त गर्ने विद्यार्थीले पुसमा हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

मंसिरमा तोकिएको परीक्षा पुसमा सारेर बोर्डले दुई विषयमा ग्रेड वृद्धि गर्न पाउने व्यवस्था मिलाएको हो । गत वर्षसम्म एउटा विषयमा कम्तीमा डी प्लस ल्याउने परीक्षार्थीले मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो ।

कमेन्टहरु
Loading...