पोखरा, १ भदौ / जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न ठाउँमा चोरी र ठगी संलग्न चार जनालाई आइतबार सार्वजानिक गरेको छ । सुनबाट बनेको बुद्धको मुर्ति भन्दै बिक्री गर्ने ३ जना र पोखरा विभिन्न ठाउँमा घरको ढोका फोरेर चोरी गर्ने एक जनालाई कास्की प्रहरीले सार्वजनीक गरेको हो ।
बुद्धको सुनको मुर्ति भन्दै १३ लाख रुपैयामा बिक्री गरी फरार रहेका तीन जना रामराज शिवाकोटी, देवकुमार श्रेष्ठ, र बसन्तबाबु श्रेष्ठ रहेको छन् । शंकास्पद रुपमा हिडि रहेका तीन जनालाई प्रहरीले पोखरा महानगरपालिका ६ हिडिको पाटनबाट नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
सुनको जस्तो देखिने पहेलो धातुको बुद्धको मुर्ति दुई वटा सहित उनीहरुलाई पक्राउ गरेको कार्कीले बताए । सुन जस्तो देखिने पहेलो घातुको बुद्धको मुर्ति, घातु छेड्न प्रयोग गरीने ड्रिल मेसिन, कागजमा लुकाई छिपाई राखेको सुनको जस्तो देखिने पहेलो घुलो, क्यासिनोका कार्डहरु थान, भारतिय राजदुतासवास काठमाण्डौ नेपाल लेखिएको कार्ड, भारतिय निर्वाचन आयोगको कार्ड र विभिन्न बैकहरुका चेकहरु बरामद गरिएको उनले बताए ।
उनीहरुले भारतको रासनकार्ड देखाएर नेपालको क्यासोनिमा लेख्न जाने गरेको अनुसन्धानबाट खुलेको बताए । त्यस्तै पोखराका विभिन्न स्थानहरुमा चोरी गर्ने लक्ष्मण नेपाल पनि चोरी मुद्धा चलाएको बताए । नेपालीका साथबाट मंगलशुत्र , नेक्लेस, झुम्का, हथौडा, छिना लगाएका बस्तुहरु बरामद गरेको उनले बताए ।