चिनीया मेडिकल टोलीले पोखरा विमानस्थलमा स्वास्थ्य शिविर

पोखरा, २० मंसिर / चिनीया मेडिकल टोलीले पोखराको निमार्णाधीन पोखरा विमानस्थलमा स्वास्थ्य शिविर चलाएका छन् । पोखरामा निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र मेडिकल टोलीले कार्यरत कर्मचारी तथा मजदुर र स्थानीयलाई लक्षित गरी स्वास्थ्य शिवीर चलाएका हुन् ।

नेपाली र चिनीया गरी ३ सय जना मजदुरको स्वास्थ्य जाँच गराएको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले बताए । दुई दिन सम्म चल्ने शिविरमा स्थानीयले पनि स्वास्थ्य जाँच गराएका थिए ।

स्वास्थ्य शिविरमा दाँत, मुख, पेट, छातीको स्वास्थ्य जाँच गरिनेको साथै, इसिजी, भिडियो एक्सरे, रगतको परिक्षण लगायतको सेवा दिइएको थियो । स्वास्थ्य परिक्षण पछि औषधी पनि निशुल्क प्रदान गरिएको जनसम्पर्क अधिकृत चापागाइले बताए ।

स्वास्थ्य जाँच गराएका मध्ये धेरैको छाती र मुखको समस्या देखिएको चिनीया मेडिकल टिमका प्रमुख डा लि सियोले जानकारी दिए । विमानस्थल निर्माणकालागि १ सय जना चिनीया र २ सय ५० जना नेपाली कार्यरत रहेको चापागाईले बताए । सन् १९९९ सय देखि चिनीया सरकारले नेपालका बिभिन्न स्थानमा मेडिकल टिम पठाएर स्वास्थ्य शिविर चलाउँदै आएको पनि उनले बताए ।

काठमाण्डौमा स्वास्थ्य शिविर चलाई सकेको चिनीया मेडिकल टोलीले पोखरामा दुई दिन स्वास्थ्य शिविर चलाएपछि लुम्बीनीमा पनि स्वास्थ्य शिविर चलाइने बताएको छ । ११ औं चाइनिज मेडिक टोलीमा भिन्न भिन्न विषयका १७ जना डाक्टरको टोलीले स्वास्थ्य शिविरमा बिरामीको स्वास्थ्यको अवस्था चेकजाँच गरेका थिए ।

कमेन्टहरु
Loading...