कास्कीमा सीसी क्यामेरा जोडेपछि चोरी घट्यो, रक्सीले मातेर हिड्ने लुक्न थाले

पोखरा, २२ असार /कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा ६ महिनाअघि चोरहरुले हैरान बनाए । एकै दिनमा ११ घरमा चोरी भयो । सार्दिखोला बचत तथा ऋण सहकारी फोरेर १ लाख रुपौयाँ चोरी भयो । गाउँमा चोरीका घट्ना निकै बढ्यो ।

गाउँमा चोरी बढेपछि सीसी क्यामेरा जडान गर्ने उपाय खोजिएको वडा अध्यक्ष बिक्रम गुरुङले बताए । गत फागुन महिनामा गाउँका ११ ठाउँमा सीसी क्यामेरा जडान भएपछि भने चोरीका घट्ना रोकिएको वडाअध्यक्ष गुरुङले बताउ छन् । दिनमा हुने मात्र होइन राती हुने गतिबिधि समेत अहिले सीसी क्यामेराबाट निगरानी हुँदैआएको छ ।

सीसी क्योमेरा जडापछि चोरीका घट्ना मात्र होइन राती रक्सी खाएर होहल्ला गर्नेहरु पनि घटेको उनले बताए । वडा अध्यक्ष गुरुङका अनुसार माछापुच्छ्रे गाउँपालिकाको ५ लाख र अन्नपूर्ण संरक्षण क्षेत्रको २ लाख ७५ हजार लगानीमा सीसी क्यामेरा जडान गरिएको हो ।

गाउँमा चोरीका घट्ना बढेपछि वडाको मागअनुसार सीसी क्यामेराका लागि बजेटको व्यवस्था गरेको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । गाउँमा चोरीका घट्ना घटेपछि गाउँलेलाई ढुक्क भएको छ ।

वन्यजन्तुको अबैध चोरी शिकारीको पनि नियन्त्रण हुने वडा अध्यक्ष बिक्रमले विश्वास गरे । संरक्षण क्षेत्रको सम्भावित चोरी शिकार हुने क्षेत्रमा पनि क्यामेरा जडा गर्न सके नियन्त्रण हुने अन्नपूर्ण संरक्षण व्यवस्थापन समिति सार्दीखोलाका पूर्व अध्यक्षसमेत रहेका वडा अध्यक्ष गुरुङले बताए ।

कमेन्टहरु
Loading...