स्वास्थ्य बीमा कार्यक्रम देशभर, बीमा रकम दोबर

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई देशभर पु¥याउने घोषणा गरेका छन् ।

सरकारले त्यसका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने भएको छ ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा पुर्याउने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराए । उनले अहिले ५० हजार रहेको विमा रकमलाई १ लाख रुपैया पु¥याउने घोषणा गरेको छ ।

यस्तै गरिबी रेखामुनी रहेका र जेष्ठ नागरिकहरुको स्वास्थ्य बीमा शुल्क सरकारले व्योहोर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ भने बीमांक रकम एक लाख रुपैयाँलाई निरन्तरता दिएको छ ।

कमेन्टहरु
Loading...