पोखराको पर्यटन बसपार्कमा टाइम बम विस्पोट

पोखरा, २१ कात्तिक / पोखराको पर्यटन बसपार्कमा टाइम बम विस्पोट भएको छ । विहान करिब १० बजेर ५० मिनेट जादाँ बम विस्पोट भएको हो ।

बन्दै गरेको पर्यटन बसपार्कको फोहोरोको थुपोमा बम पड्कीको हो । कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन अन्तरगत बिहीबार मनोनयन दर्ता रहेको छ ।

त्यसैलाई प्रभावित पार्न बम विस्पोट गराएको हुन सक्ने कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

उनले बम विस्पोट गराउने को खोजी भइरहको र सुतली बम भएको बताए । बम विस्पोटबाट कुनै क्षेती भने भएको छैन ।

बम विस्पोट भएको स्थान देखी करिब एक सय मिटर दुरीमा निर्वाचन कार्यालय कास्कीको कार्यालय रहेको छ ।

कमेन्टहरु
Loading...