चार वर्षभित्र ५ हजार बृद्धभत्ता पु¥याउछौ -मख्यमन्त्री गुरुङ

पोखरा, २ भदौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको ४ वर्षभित्र प्रदेश सरकारले बृद्घभत्तालाई बढाएर मासिक पाँच हजार पु¥याउने प्रतिबद्घता

गरेका छन् । अन्नपूर्ण–३, पाउँदुर स्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्तीको शुक्रवार औपचारिक शुभारम्भ गर्दै मुख्यमन्त्री गुरुङले

अबको ४ वर्षभित्रमा बृद्धभत्ता बढाएर मासिक पाँच हजार बनाउने बताए । अहिले सरकारले मासिक २ हजार प्रदान गर्दै आएको छ । उनले अवको पाँच

वर्षमा प्रदेशको गरिबी आधा घटाउने दावी गर्दै उनले उपस्थित सरोकारवालालाई काम गरेर उद्यमी बन्न सुझाव पनि दिएका थिए । उनले सवारी कर

बाहेर अन्य कर सम्बन्धित स्थानिय तहले निर्धारण गर्ने र त्यो प्रदेश सरकारको क्षेत्राधिकार भित्र नपर्ने जानकारी पनि गराए ।

मुख्यमन्त्री गुरुङले आगामि पाँच वर्षभित्रमा गण्डकी प्रदेशलाई देशकै नमुना प्रदेश बनाइ छाड्ने प्रतिबद्घता व्यक्त गर्दै ढिकुरपोखरीमा

एग्रोइन्जिनियर· क्याम्पस स्थापना गर्न ढिला गर्न नहुने तर्क गरे ।

कमेन्टहरु
Loading...