विजयपुर खोलामा बेलीब्रिज जडान सुरु

पोखरा, २८ असार /पोखरा प्रबेश गर्ने मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीब्रिज जडान शुरु भएको छ ।

बेलीब्रिज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा (जेभी) ले पाएको हो ।

बेलिब्रिज बनाउन सडक कार्यालय र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम अगाडी बढेको हो । असार मसान्त भित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो । अहिले धमाधम काम भईरहेको र पानी नपरे काम छिटै सकिने कम्पनीले जनाएको छ ।

ठूलो पानी नपर्दै खोलामा आएको बाढीका कारण डाइभर्सन बगाए पछि अब बेलिब्रिजकै काम छिटो गर्न ठेकेदारलाई ताकेता गरेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए । असार सम्म बन्ने भनिएको बेलिब्रिज बेलैमा सम्पन्न हुन सकेको छैन ।

हाल बेलिब्रिज राख्ने बेसमेन्ट तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । २ करोड २० लाख रुपैयाँ लागतमा कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको थियो । विजयपुरमा रहेको पुलका फलाम चर्किए पछि बेलिब्रिज निर्माण गर्न थालिएको हो ।

कमेन्टहरु
Loading...