पोखराका शक्तिपिठमा भक्तजनको घुइचो

सागर राज तिमिल्सिना
पोखरा, १९ असोज/ नेपालीहरूको महान चाड बडादशैँको अवरमा पोखराका र आसपासका मठमन्दिरहरुमा भकतजनको घुइचो लागेको छ ।

पोखराको ऐतिहासीक मन्दिर पोखरा २४ कास्कीकोटको गुप्तकालीका मन्दिर, पोखराका प्रख्यात विन्ध्वासीनि मन्दिर, फेवातालको विचमा रहेको तालबाराही मन्दिर, पोखरा कुडहरमा रहको भद्रकाली मन्दिर, पोखरा १६ लामाचौरमा रहको अकला मन्दिर लगाएतमा भक्तजनाको घुइचो लागेको छ ।

त्यसै गरी पोखरा १७ मा रहेको गुप्तेश्वर मन्दिर, पोखरा २३ ठुलाखेतमा रहेको सिद्धबराहा मन्दिर र पोखरा आसपासका मठमन्दिरहरुमा भक्तजन सबेरै पुग्ने गरेका छन् । विहान देखी नै मन्दिरमा पुजापाठ गर्नेहरुको घुइचो लाग्ने गरेको छ ।

मानिसहरुका इच्छा आकांक्षाहरु पुरा गर्न भाक्लहरु पुरा गन, धार्मिक आस्थाले पनि मठमन्दिर पुग्ने गर्दछन् । दशै लागे सगैं देश विदेशबाट पोखरा आइपुग्नेहरु पनि मन्दिर पुग्ने गरेका छन् । पोखराको बजार विस्तारै सुनसान हुदै गएको छ भने गाउँघर पनि भरिभराउ छन् ।

कमेन्टहरु
Loading...