गण्डकी प्रदेश प्रमुखद्वारा दशैंको शुभकामना

पोखरा, १९ असोज / गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले बडा दशैं २०७६ को अवसरमा गण्डकी प्रदेशवासीसहित देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

महाअष्टमीका दिन आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कुँवरले बडा दशैं कुनै निश्चित समुदायले मात्रै नभई अधिकांस नेपालीहरुले धुमधामका साथ मनाउने गरेको उल्लेख गरेका छन् ।

‘समुदायपिच्छे यसलाई फरकफरक नामले पुकारिए पनि अन्ततः बुझिने शब्दमा बडा दशैं नै हो, जसको अत्यन्त ठूलो महिमा छ’ प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ‘ खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने बडा दशैंले मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ ।’

प्रदेश प्रमुख कुँवरले बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको सन्देशान उल्लेख गरेका छन् ।

‘बडा दशैंले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासी, देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’ प्रदेश प्रमुख बाबुराम कुँवरको शुभकामना सन्देशमा लेखिएको छ‘ बडा दशैंसँगै नेपालीहरुको महान् पर्व तिहार, नेपाल सम्वत् र छठका अवसरमा गण्डकी प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव एकता, भातृत्व र अपनत्व एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

कमेन्टहरु
Loading...