सागका लागि फेवाताल किनारामा बीच भलिबल मैदान

पोखरा, २३ भदौ / १३ औं साग खेलकुदका लागि पोखरामा हुने खेल मध्य बीच भलिबलका मैदान बनाउने काम सुरु भएको छ ।

पोखराको फेवाताल किनारमा रहेको नेपाल ट्रष्टको जग्गामा बीच भलिबलका लागि तीन वटा मैदान बनाउने कामको थालनी भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले जानकारी दिए ।

पोखराको फेवातालको किनारमा निर्माण हुने बीच भलिबलको मैदानले पर्यटन प्रवद्र्धन टेवा पुग्ने उनको विश्वास छ । गण्डकी प्रदेशका सांसद राजिब पहारी, राखेप सदस्य राजेश गुरुङ लगायतले मैदान निर्माणका लागि आवश्यक सामाग्री जुटाउन राखेप, गण्डकी प्रदेश, पोखरा महानगरपालिका लगायत सँग आग्रह गर्ने बताए ।

सागका लागि पोखरामा बीच भलिबल सहित महिला फुटबल, प्याराग्लाइडिङ, ह्याण्डवल, आर्चरी, भारतोलन, ट्रयाथलन, व्याडमिन्टन गरि ८ वटा खेल हुने छन् ।

कमेन्टहरु
Loading...