सिक्किमको भूकम्पले मध्यरातमा नेपालमा धक्का

काठमाडौ, ८ बैशाख/राति ११ बजेर ७ मिनेटमा ताप्लेजुङसँग जोडिएको सिक्किमको मंगनमा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको चिनियाँ भूकम्प मापन केन्द्र इएसइले जनाएको छ।
इएसइका अनुसार भुकम्पको धक्का सिक्किम, दार्जिलिङ, चीनको केही भूभाग र नेपालको पूर्वी क्षेत्रको अधिकांश भागदेखि काठमाडौसम्म महसुस भएको थियो। यसअघि नेपाली नयाँ वर्षको पहिलो दिन नै म्यानमारमा ७ म्याग्निच्यूडको भूकम्प गएको थियो।

त्यसयता, भुकम्पले भारत, बंगलादेश, भुटान र नेपालको पूर्वी भूभागलाई हल्लाउँदै आएको छ। यसैबीच जापान र इक्वेडरमा पनि ७ म्याग्निच्यूडभन्दा माथिका भूकम्पले ठूलो क्षति पुर्याएको छ।

कमेन्टहरु
Loading...