पोखरा २० का वडा सदस्य बास्तोला स्कुटरको ठक्करबाट घाइते

पोखरा,७ भदौ । पोखरा महानगर वडा नम्बर २० का वडा सदस्य भिम प्रसाद बास्तोला स्कुटरको ठक्करबाट घाइते भएका छन । पोखरा महानगरपालि वडा नम्बर २० को वातावरण तथा सरसफाई उपसमिती भलामले आयोजना गरेको सरसफाइ कार्यक्रममा सहभागीता जनाइरहदा बास्तोलालाई स्कुटरले ठक्कर दिएको थियो ।स्कुटरको ठक्करबाट घाइते बास्तोलाको हाल पोखराको मणिपाल अस्पतालमा सघन कक्षमा उपचार भइरहेको पोखरा २० का अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

गत बिहीबार गठन भएको वातावरण तथा सरसफाई उपसमितीको आयोजनामा वडा नम्बर २० को रिट्ठाघाट देखी डाडाकटेरी सम्मको सडक आसपासमा सरसफाइ गर्ने क्रममा बास्तोलालाई स्कुटरले ठक्कर दिएको थियो । घाइते बास्तोलाको उपचार संगै सरसफाइलाई निरन्तरता दिइएको थियो । सरसफाइको क्रममा रिट्ठाघाट देखी डाडा कटेरी सम्मको सडकको दाया र बांया फैलिएको झाडी फडानी गरिएको थियोभने सडक किनारमा फालिएका बोत्तल, कागज लगायतका फोहोरहरु संकलन गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

वडाअध्यक्ष गुरुङका अनुसार साविकको मौजा गाविसमा समेत वातावरण तथा सरसफाई उपसमिती गठन गरि मौजा आसपासका ग्रामीाण भेग संगै रहेका सडक र धार्मिक सम्पदाहरुको संरक्षण र सरसफाइ गरिने छ ।

सरसफाइ अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिने वातावरण तथा सरसफाई उपसमिती भलामका अध्यक्ष इन्द्र प्रसाद पोख्रेलले जानकारी दिए । सरसफाइ कार्यक्रममा वडाका जनप्रतिनिधी, उपसमितीका पदाधिकारीहरु, टोल बिकास संस्थाहरु, वडा स्तरिय बाल संजाल समिती, नवोदय युवा क्लव, आमा समुहहरु, मदन भण्डारी फाण्डेसन पोखरा २० का प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...