सोमबार देखी मेघगर्जन सहित बर्षा हुने (यस्तो तीन दिनको पुर्वाअनुमान)

पोखरा, २ बैशाख/सोमबार देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

त्यसैगरी देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य पहाडी भू–भागका थोरै स्थान र पश्चिमि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

मौषम विभाग तीन दिनको पुर्वअनुमान घोषणा गर्दै तीन दिन नै मेघगर्जन सहित हल्का बर्षा हुने अनुमान गरेको छ ।

बैशाख ०२ गते (सोमबार):  बिहान ६:०० बजे

 बैशाख ०२ गते (सोमबार):

दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा मौसम सफा नै रहने देखिन्छ । देशको पूर्वी तथा मध्य भू-भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति:देशको पूर्वी र  मध्य पहाडी भू-भागहरुमा  आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र  मध्य पहाडी भू-भागका थोरै स्थान र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

बैशाख ०३ गते (मंगलबार):

दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमि भू-भागका केहि स्थान र मध्य र पुर्वका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

राति:देशका पश्चिमि भू-भागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भू-भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०४ गते (बुधबार):

दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

राति: देशै भरि सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

कमेन्टहरु
Loading...