बालयौन दुराचारको आरोपमा पोखराबाट अस्ट्रेलियन प्याराग्लाईडिङ पाइल पक्राउ

80

फाइल तस्बिर

सागर राज तिमिल्सिना
पोखरा, ७ साउन /नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) र कास्की प्रहरीले पोखरामा बालयौन दुराचारमा संग्लन रहेको आरोपमा अस्ट्रेलियन नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीलले प्याराग्लाईडिङ पाइल अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको हो ।
टोलीले ६३ बर्षिय थोमस अल्फ्रेड बेरिम्यानको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

अप्राकृतिक यौन सम्बन्ध राखेको र अन्य कैयन बालक माथि पनि यौन दुराचार गरेको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्की थप अनुसन्धानका लागि राखिएको छ ।

प्रहरीले मंगलबार बिहान थोमस बस्दै आएको पोखरा ६ डिहिकोपाटन स्थित घरमा अनुसन्धानका छानबिन गरेको छ । उनी कामदार भिसामा तिन बर्ष देखी नेपालमा बस्दै आएका थिए ।

थोमसलाई बाल यौन दुराचारको मुद्दा दर्ता गरी म्याद थपका लागि जिल्ला अदालत पठाइसकिएको एसपी कार्कीले बताए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...