एशियाडमा २० वर्षपछि नेपाललाई प्याराग्लाईडिङले दिलायो रजत पदक (को हुन् उनीहरु)

पोखरा, १४ भदौ /पहिलो सहभागितामै नेपालले प्याराग्लाइडिङबाट १८ औं एशियन गेम्समा ऐतिहासिक रजत

पदक जितेको छ । पुरुष टिम क्रसकन्ट्रीका विधामा नेपालले पाँच राउण्डको समाप्तीपछि ऐतिहासिक पदक

जितेको हो । नेपालले अन्तिम दिन बुधबार १४ किलोमिटरको टास्क पुरा गर्दै केवल २७ अंकले पछि पर्दै रजतमा

चिक्त बुझायो । स्वर्ण पदकको लागि बुधबारको अन्तिम टास्कमा नेपाल जापानसँग झिनो अंकको मतान्तरमा

रहँदै रजत पदकमा ल्याण्डिङ गर्यो । आयोजक इण्डोनेसिया भने तेस्रो स्थानमा रहँदै प्रतियोगितालाई विट मार्यो

। संयोग नै मान्नुपर्छ प्याराग्लाईडिङ शुरु भएको ठ्याक्कै २० वर्ष रजत पदक जित्न सफल भएको हो ।

दुईवर्षअघि इण्डोनेसियामै आयोजित खुल्ला इन्टरनेशनल प्याराग्लाइडिङ प्रतियोगितामा यीनै खेलाडीले स्वर्ण

पदक दिलाएका थिए । तर त्यो अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटिले मान्यता दिएको थिएन् । बुधबारको अन्तिम

टास्क पुरा गर्दै ११ हजार ३ सय ६४ अंक जोडेपछि रजत पदकको हकदार भएको हो । चौथो राउण्डमा सुधारिएको

प्रदर्शन गर्दै मौसमले पनि साथ दिएपछि चौथोस्थानबाट दोस्रो स्थानमा उक्लिदैं पदकको सम्भावना प्रवल

बनाएको थियो । जापानले ११ हजार ३ सय ९१ अंक जोड्दै स्वर्ण पदक जितेको छ ।

रजत पदक पक्कापक्की जस्तै थियो । तर अन्तिम राउण्डमा भने नेपाल स्वर्ण पदकको लागि जापानसँग

प्रतिस्पर्धा गर्न उत्रिएको थियो । प्याराग्लाइडिङको विश्वकपमा समेत सहभागिता जनाईसकेका नेपाली

प्याराग्लाइडिङ टिमका कप्तान विमल अधिकारी निकै अनुभवी खेलाडी समेत हुन् । उनकै नेतृत्वमा रहेको

टोलीमा जुनियर र सिनियर खेलाडीको समिश्रण थियो ।

एशियाडमा सहभागि प्याराग्लाइडिङ खेलाडी पोखरेली हुन् । प्याराग्लाईडिङ पोखराबाटै शुरुवात भएको हो । सन

१९९६ देखि पोखरामा प्याराग्लाइडिङको शुरुवात भएको हो । त्यसले व्यवसायिक रुप भने दुईवर्षपछि लियो ।

त्यही वर्षदेखि पोखरामा प्याराग्लाईडिङ च्याम्पियनसिप समेत हुदैं आएको छ । च्याम्पियनसिपमा स्वदेशी तथा

विदेशी प्याराग्लाईडिङ पाईलटसँगै प्रतिस्पर्धा हुदैं आएको छ । विदेशीसँगको प्रतिस्पर्धामा पोखरेली पाईलटले

खरो उत्रिदैं उपाधि हत्याउने अभियानमा थिए । उपाधिको लक्ष्यसहित इण्डोनेसिया पुगेको नेपाली टोलीले रजत

पदक जितेको छ ।

विशाल थापा, युकेश गुरुङ, विजय गौतम, शुशिल गुरुङ पुरुष टिममा थिए । कप्तान अधिकारी एक्ला

प्याराग्लाइडिङ पाईलट हुन जसले सन २०१५ मा कोलम्बियामा आयोजित प्याराग्लाईडिङ वल्र्ड च्याम्पियनसिप

सहभागि थिए । ‘प्याराग्लाईडिङ शुरुभएकोे २० वर्ष वित्यो । तर एशियाड पहिलो सहभागिता पदक जित्यौं ।

पदक विहीनभएर फर्किनुपर्ने बाध्यता अन्त्य गर्यौं ।’ नेपाली टिम अफिसियल शैलेन रावतले भने–‘दुई वर्ष अघि

इण्डोनेसियामै टिम इभेण्टमा स्वर्ण पदक जितिएको थियो । अहिले भने रजत पदक जित्न सफल भयौं ।’ नेपाली

टिमले सन २०१६ मा इण्डोनेसियामा आयोजित ओपन प्याराग्लाइडिङ च्याम्पियनसपिमा टिम इभेण्टमा स्वर्ण

पदक जितेर फर्किएको थियो ।

टोलीका सदस्य विशाल थापा भने कम उमेरका प्याराग्लाईडिङ पाईलट हुन् । उनी भर्खर १६ वर्ष मात्रै

पुगेका छन् । एसईई परीक्षा सकेर बसेका थापाले उडान शुरु गरेको पनि ३ वर्ष मात्रै भएको छ । रजत पदकको

हकदारमा उनको भूमिका पनि निकै महत्वपूर्ण रहेको अफिसियल शैलन रावत बताउँछन् । थापा चीनमा

आयोजित फ्रि प्याराग्लाईडिङ च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेका थिए । महिला तर्फको प्रतिस्पर्धामा

भने नेपाल टिमले आफनो पहिलो अनुभव मात्रै बटुल्यो अवसरको रुपमा लिएको हो । पुरुष टिम इभेण्टमा विमल

अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा थिए भने यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा

श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा थिए । नेपाली प्याराग्लाइडिङ टिमले छ वटा पदकमा

प्रतिस्पर्धा गरेका थिए । एक्युरेसी एकल र युगलमा महिला तथा पुरुष तथा क्रसकन्ट्री विधामा पुरुष र महिला

टिमले प्रतिस्पर्धा उत्रिएका थिए ।

कमेन्टहरु
Loading...