विपत् व्यवस्थापन सैन्य अभ्यासः पोखराको फेवातालमा तालमा २७ डुबे, ३ जनाको हेलिकप्टरबाट उद्धार

सागर राज तिमिल्सिना
पोखरा, १० जेठ/पोखराको फेवातालमा शुक्रबार करिब १२ बज्नै थालेको थियो । न कुनै हुरी दुई डुंगा एक्कासी डुबे । डुंगापल्टे संगै तालमा डुबेका २७ जनालाई बचाउन तीन वटा मोटरबोट कुदे । तत्काले २४ जनाको उद्धार भयो ।

तीन जना डुबे हराए । हराएकालाई खोज्न गोताखोरको टोली नेपाली सेनाको हेलिकप्टरबाट डोरीको साहेताले तल झरे । उद्धारमा खटिएका नेपाली सेनाका उद्धार कर्मीले कुशलता पूर्वक डोरीमा घाइतेलाई समेत आफु संगै राखेर सुरक्षित रुपमा हेलीकप्टरमा झुण्डीएर फेवातालबाट करिव ५ किलोमिटर परको पोखरा विमानस्थलमा पुगे ।

हेलिकप्टरबाट उद्धार
हेलिकप्टरबाट उद्धार

विमानस्थलबाट घाइतेलाई एम्बुलेन्समा राखेर उपचरका लागि अस्पताल लगियो । शुक्रबार नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा पोखरामा ६ दिन देखि चली रहेको विपत व्यवस्थापन सम्वन्धी सैन्य अभ्यास तथा तालिमका क्रममा नेपाली सेनाले बिपत पर्दा हुने जोखिमका बेला गर्ने उद्धार कौशल अन्य देशका सैनिकलाई देखाए ।

सैन्य अभ्यासमा अमेरिका, नेपाल सहित श्रीलंका, माल्दिभ्स, इण्डोनेशिया, बंगलादेश, क्यानडा सहति ६ देशको सहभागीता रहे पनि तालमा भएको उद्धार अभ्यास भने नेपाली सेनाको मात्र सहभगीता रहेको थियो । विदेशी सैनिकले भने उद्धार अघि कसरी उद्धार गर्ने भन्ने रणनीती बनाउन नेपाली सेना संगै सहभागी भएको बताइएको छ ।

पोखराको फेवातालमा तालमा २७ डुबे, ३ जनाको हेलिकप्टरबाट उद्धार
पोखराको फेवातालमा तालमा २७ डुबे, ३ जनाको हेलिकप्टरबाट उद्धार

उद्धारका अभ्यासको अवलोकन र उद्धार पछि उद्धारका क्रममा भएको अभ्यासका बारेमा छलफलमा पनि विदेशी सैनिकहरुको सहभागीता रहने गरेको बताइएको छ । ‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’ (डिआरईई) नामाकरण दिइएको सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

नेपालको तर्फबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिको समेत सहभागिता छ । जेठ १२ सम्म चल्ने अभ्यासमा करिब २ सय २० जना सहभागी रहेको नेपाली सेनाको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जीत बहादुर गुरुङले जानकारी दिएका थिए ।

पोखराको पाताले छाँगो, फेवाताल, चमेरे गुफा, पोखरा स्वास्थ्या विज्ञान प्रतिष्ठान, मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज, पोखरा विमानस्थल लगाएतका ठाउँमा प्रयोगात्मक अभ्यास गरेका थिए ।

हेलिकप्टरबाट उद्धार
हेलिकप्टरबाट उद्धार

संयुक्त सैन्य अभ्यासबाट विपत व्यपस्थापन सम्बन्धी विभिन्न देशका घरेलु अनुभव र ज्ञानआदान–प्रदान हुने र त्यसबाट भविष्यमा आउन सक्ने सम्भावित विपत्लाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली सेना र अमेरिकी सेनाको प्यासेफिक कमाण्डले सन् २०११, १३, १५ र १८ मा काठमाडौमा यस्तो खाले अभ्यास गरेका थिए ।

कमेन्टहरु
Loading...