बजेट अभाबले आर्चरीको मैदान बन्न सकेन

पोखरा, १९ असोज / १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पोखरामा आयोजना गरिने आठ खेलको पुर्वाधार अझै तयारी भईसकेको छैन् । पुर्वाधार छन्, व्यवस्थित छैनन् । व्यवस्थित बनाउन बजेट छैन । फाष्ट ट्रयाकबाट काम गरेपनि टुग्याउने समय अभाव हुने सम्भावना छ । बजेट कहिले आउँछ टुंगो छैन् । बजेटले नै पुर्वाधार निर्माणमा अडकिएको छ ।

पोखरामा महिला फुटबलसँगै ह्याण्डबल, महिला क्रिकेट, आर्चरी, भारोत्तोलन, भलिबल, प्याराग्लाईडिङ र ट्रायथोलन आयोजना गरिने छ । बजेट पुर्वाधारले निमार्ण हुन नसकोको खेल मैदान आर्चरी पनि । आर्चरीको मैदान स्थर उन्नती नहुदाँ खेलाडीलाई बन्द प्रशिक्षण गर्न पनि अप्ठ्रो भएको आर्चरी संघका बरिष्ठ उपाध्यक्ष तथा प्रशिक्षक बसन्त थकालीले बताए । उनले खेलाडीले उभिने ठाउँ र खेल मैदानको लेबलीङको काम गर्नु पर्ने बताए ।

आर्चरीका मैदानस्तर उन्नती गर्न ९० लाख रुपैयाँ बजेट माग भएपनि ५० हजार मात्रै छुटिएको र त्यो पनि विनियोजन हुदाँ काम हुन सकेको छैन । बजेट नआउँदा मैदान लेभलिङ अस्थायी प्यारापिट, पार्केटिङ, फल्स सिलिङदेखि शौचालय व्यवस्थित बनाउनुपर्नेमा छ ।

आर्चरीको पोखरामा बन्द प्रशिक्षण चलिरहेको थियो । तर दशै लागे सगै खेलाडी घर फिर्किएका छन् । आर्चरीका लागि दुई इभेण्टमा १६ जना खेलाडी छनोट भएका थिए । आर्चरीमा दुई इभेण्ट कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) हुन्छ ।

कमेन्टहरु
Loading...