आदर्श कपको खेल तालिका सार्वजनीक, उदघाटन खेलमा आदर्श र तनहुँ फुटबल संघ

पोखरा, १७ भदौ /तीजकै मेसोमा लेखनाथमा आयोजित २४ औं आदर्श कप नकाउट फुटबल प्रतियोगितामा

आयोजक आदर्श क्लबले छिमेकी तनहुँ फुटबल संघको चुनौतिलाई उदघाटनमै झेल्नुपर्ने तय गरिएको छ ।

क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार उदघाटन खेल आयोजक आदर्शले तनहुँ फुटबल संघसँग

बुधबार भण्डारढीक खेल मैदानमा खेल्ने छ ।

आयोजक आदर्श क्लबले मनाङ र नेपाल पुलिस क्लबका खेलाडीलाई टोलीमा समाहित गरेको छ । खेलाडी भने

लेखनाथकै हुन् । सात वर्षपछि हुन लागेको प्रतियोगितामा नेपाल पुलिसका डिफेन्स अजित भण्डारी घरेलु

मैदानमा सातवर्षपछि नै आयोजकको जर्सीमा उत्रिने छन् । उनीसँगै विसन गुरुङ, विमल राना र सुवास तामाङ

तथा भारतीय सेनाबाट विदा लिएर फुटलब खेल्ने आएका मनिष तामाङलाई टोलीमा समावेश गरिएको छ ।

दोस्रो खेल पोखरा ११ ले स्याङजा फुटबल संघसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल शसस्त्र प्रहरी बलले विग्रेड

व्वाईज क्लबसँग खेल्ने छ भने चौथो खेल बाग्लुङ फुटबल संघले जावलाखेल युथ कलबसँग प्रतिस्पर्धा गर्ने छ ।

२०६७ सालपछि फेरी भण्डारढीक खेलमैदानमा फुटबलको माहौल सृजना हुने छ । २३ औं संस्करण टुग्ंयाएर

मैदान निर्माण एवं प्यारापिट निर्माणमा जुटेको आदर्श क्लबले भौतिक पुर्वाधार तयार पारेपछि पहिलो

संस्करणको रुपमा फुटबल प्रतियोगिता शुरु हुने छ ।

२४ औं सस्करणलाई अम्बे सिमेन्ट प्रालिले मुख्य प्रायोजन गरिदिएको छ । उत्पादनको तयारी गरेको रिद्धिसिद्धी

सिमेन्टले प्रतियोगिताको टाईटल प्रायोजन गरेको छ । सम्झौता केवल एकवर्षको लागि मात्रै गरिएको छ ।

प्रतियोगितामा आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहँु फुटबल

संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ

। तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ

पर्ने छ ।

उत्कृष्ठ खेलाडीले नगद २५ हजार पाउने छन् । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद

१० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ

पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए । प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे

सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप

प्रायोजनमा जस्मिन्रतिय पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज

प्रालिले गरेको छ । दोस्रो पुरस्कार राशी भने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बोलेका छन्

। उत्कृष्ठ खेलाडी पुरस्कार प्रायोजन मनकामना प्लाई बोर्ड प्रालिले गरेको छ भने म्यान अफ दि म्याच

खेलाडीको प्रायोजन भने त्रिमूर्ति ह्याचरी एण्ड बि एण्ड एस कन्स्ट्रक्सनका प्रोपाईटर सागर गुरुङले गरेका छन् ।

कमेन्टहरु
Loading...