एसियाली खेलकुदमा प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

पोखरा, १३ भदौ / १८ औं संस्करणको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको छ ।

१८ औं संस्करणका लागि पहिलो पदक जितेको हो । प्याराग्लाइडिङ क्रसकन्ट्री विधामा बुधबार पनि नेपाली पुरूष

टोलीले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको हो ।

बुधबार भएको पाचौं दिनको खेलमा प्याराग्लाइडिङको पुरुष टिमले उत्कृष्ट प्रदर्शन गर्दै पदकविहीन हुनबाट

नेपाललाई जोगाएको हो । नेपाललाई २७ अंकले हराउँदै जापानले स्वर्ण पदक जितेको छ ।

नेपालले कुल ११ हजार ३ सय ६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३ सय ९१ अंक

प्राप्त गरेको थियो ।

विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाको टोलीले नेपाललाई पदक

जिताएको हो । यो सँगै नेपालले एसियन गेम्सको इतिहासमा दोस्रो पटक रजत पदक जितेको छ । यसअघि सन्

१९९८ मा बैंककमा भएको एसियन गेम्सको तेक्वान्दोमा नेपालकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्

कमेन्टहरु
Loading...