दुर्घटना भईरहने जिरोकिमि -विन्ध्यवासिनी सडकमा डिभाइडर नराख्न सुझाब

श्याम राना

पोखरा, १८ असोज/पोखराको जिरो किलोमिटर देखी विन्ध्यवासिनी सम्मको सडकमा डिभाइडर नराख्न सुझाब दिएको छ । डिभिजन सडक

कार्यालय पोखराले डिभाइडर राख्ने कि नराख्ने भन्ने बारेमा सुझाब अध्ययन समिति गठन गरेको थियो । सडक फराकीलो बने पछि दिनहुँ

जसो सडक दुर्घटना हुन थाले पछि डिभिजन सडकले अध्ययन समिति बताएको थियो । डिभाइडर नहुँदा दुर्घटना हुँने धेरैको भनाई छ ।

तर, यातायात व्यवस्था कार्यालय काठमाडौंको अध्ययनले सडकमा डिभाइडर राख्दा अझ बढि दुर्घटनाको जोखिम हुने भन्दै नराख्न

सुझाब दिएको । जिरोकिलोमिटर देखि बिन्ध्यवासिनीसम्मको सडकमा डिभाइडर राख्ने योजना अनुरुप उक्त अध्ययन गरिएको थियो ।

सडकमा डिभाइडरको सट्टा स्पिड ब्रेकर राख्दा दुर्घटनाको जोखिम कम हुने सुझाब दिएको छ । ‘सडकको बिचमा स्पिड कन्ट्रोल गर्ने

कारपेट राख्न मिल्छ,’ जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्लले भने, ‘डिभाइडर भन्दा त्यो स्पिड बे्रकर नै प्रभाबकारी

हुने अध्ययनले देखाएको छ ।’

सडकमा सोलार लाइट, ट्राफिक सिग्नल साथै प्रहरी बिट राखिने उनले बताए । ‘यो प्रभावकारी भएन भने रेलिङ राख्न सकिन्छ,’ उनले भने ।

साथै प्रस्याङ्ग पार्कमा प्रहरी बिट निमार्ण सुरु भइ सकेको उनले जानकारी दिए ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख प्रेम बहादुर खत्रीले डिभाइडर राख्दा अझ दुर्घटना बढ्ने हुदाँ स्पीड ब्रेकर राख्ने बताए ।

उनले मुल सडकमा धेरै शाखा सडक जोडिएका कारण पनि दुर्घटनाहरु धेरै हुने गरेको बताए । ट्राफिक सेफ्टी बिशेषज्ञ डाक्टर

पदम शाहीको संयोजकत्वमा समिति गठन भएको थियो । सडक फराकीलो हुदाँ दिनहुँ सो सडकमा दुर्घटना हुने गरेका छन् ।

कतिले त ज्यान नै गुमाइ सके भने कति घाइते भएका छन् ।

खुल्यो हिमाल, फराकीलो सडक र हिमाल जिरो किमी देखी विध्यवासीनि सम्म

खुल्यो हिमाल, फराकीलो सडक र हिमाल जिरो किमी देखी विध्यवासीनि सम्म

Posted by Ganthan.com on Thursday, September 20, 2018

कमेन्टहरु
Loading...