जिरो – बिन्ध्यवासिनी सडकमा ज्यान जोगाउ नै कठिन, महानगर र प्रहरीलाई ध्यानआक्रर्षण

पोखरा, ५ भदौ /‘पोखराको सबैभन्दा राम्रो, ठुला र ब्यबस्थित यो बाटो पछिल्लो क्रममा धेरै दुर्घटना (ज्याननै

जानेगरी) हुने क्षेत्र बनेको छ । दुर्घटना कारण जिरो किमी देखी बिन्ध्यवासिनी क्षेत्र सम्मका बासिन्दा आतंकित छन्

। सिधै आउने गाडीहरुको ओभर स्पिड र शाखा बाटोहरुबाट आउने गाडीहरुले दायाँ बाँया नहेरी मुल बाटोमा

प्रबेश गर्नु दुर्घटनाका प्रमुख कारण हुन् ।’ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले

भिडियो सहित पोखराको जिरो किलोमिटरदेखि विन्ध्यावासिनीसम्मको फराकीलो सडकको दुर्दशा देखाए । पौडेले

सहितको टोलीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र कास्कीका प्रहरी प्रमुख ओम रानालाई

भेटेर समस्या सुल्झाउन सुझाब दिएका दिए ।

दुई महिना अघि

मालेपाटनमा मोटरसाईकल नै ट्यांकरभित्र पस्यो । दुईजनाको मृत्यु भयो । दिनहु मोटरसाईकल

ठोकियका समाचारहरु आइरहेका छन् । ८ महिनाअघि दुईवटा मोटरसाईकल ठोकिँदा गम्भीर घाईतेको

अहिलेसम्म उपचार भैरहेको छ । ठ्याक्कै १ महिनआघि मोटरसाईकल र ट्याक्सी ठोकिँदा १ जना घाईते भए ।

पस्र्याङमा ८ महिनाअघि ट्रकसँग ठोकिएर मोटरसाईकल चालक घाईते भए । ६ महिनाअघि रोकिराखेको बसमा

ठोकिँदा स्कुटर चालकको मृत्यु भयो । अर्चलबोटमा ९ महिनाअघि गाडीको ठक्करले एकजना पैदलयात्री गम्भीर

घाईते भएर उपचाररत छन् । १ बर्षअघि बसले स्कुटरलाई ठक्कर दिँदा दुईजना विद्यार्थी घाईते भए ।

तीनवटै क्षेत्र जिरो–विन्ध्यावासीनी सडक खण्डमा पर्छन् । पोखराको अत्यधिक दुर्घटना हुने क्षेत्रमध्ये यो पहिलो

नम्बरमा छ । स्थानीय भन्छन–सामान्य दुर्घटना नभएको दिन छैन । ‘औषत २/३ वटा घटना भैरहेको छ ।

कहिलेकाहीँ त ४/५ वटा दुर्घटना पनि हुन्छ, वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले भने–एकैदिन ठूला

दुर्घटना पनि हुन्छन् ।’

दुर्घटना न्यूनिकरणका लागि

पनि केही कामहरु सुरु गर्न लागेको उनले सुनाए । मापसे अनुगमन र स्पीड

कन्ट्रोलका लागि बिशेष कार्यक्रम सञ्चालन हुने नेपालीको भनाई छ । यो सडकमा पछिल्लो समय निकै धेरै

दुर्घटना हुन्छ । विशेषगरी तीब्र गरी र ट्राफिक नियमको पालना नगर्दा दर्घटना बढ्ने गरेको प्रहरी बताउँछ ।

केही समय पहिले यो सडकको फिर्केमा रहेको पुलमा दुर्घटना बढि हुने गरेका थिए अध्यक्ष पौडेलले भने त्यस

क्षेत्रमा अहिले ट्राफिक चिन्नहरु राखेपछि कम भएको छ । जिरो किमी देखी बिन्ध्यवासिनीको सडकमा पनि

स्पिडकम गर्नका लागि केही न केही गरेर दुर्घटना कम गर्न सुझाब दिएको पौडेलको भनाई छ ।

पोखराको सबैभन्दा राम्रो र ब्यबस्थित यो बाटो पछिल्लो क्रममा धेरै दुर्घटना(ज्याननै जानेगरी) हुने क्षेत्र बनेको छ । दुर्घटना कारण जिरो किमी देखी बिन्ध्यवासिनी क्षेत्र सम्मका बासिन्दा आतंकित छन् ।सिधै आउने गाडीहरुको ओभर स्पिड र शाखा बाटोहरुबाट, आउने गाडीहरुले दायाँ बाँया नहेरी मुल बाटोमा प्रबेश गर्नु दुर्घटनाका प्रमुख कारण हुन् । यसलाई कम गर्नका लागि पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी र कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाको ध्यानाकर्षण गराएको छु ।आश गरौं, आगामी दिनमा हामी कोही कसैको ज्यान अकालमा जान रोकिनेछ ।

Posted by Tribhuban Poudel on Monday, August 20, 2018

कमेन्टहरु
Loading...