CAN

पोखरामा वृहत शैक्षिक मेला शुरु (फोटो फिचर)

123

0 copyपोखरा, ३ माघ । शुक्रबारदेखि पोखरामा पहिलो पटक बृहत शैक्षिक मेला सुरु भएको छ । पहिलो दिन ७ हजार भन्दा बढिले मेलाको अवलोकन गरेको आयोजक नेपाल शैक्षिक परामर्श संघ ईक्यान कास्कीले जानकारी दिएको छ । विग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतीमा आयोजित मेलालाई मनोक्रान्ति दर्शनका परिकल्पनाकार योगी डा। विकाशानन्दले उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै विकाशानन्दले शिक्षामा सृजनशिलता आवश्यक भएको बताए । उनले कागजी प्रमाणपत्रले मात्र जिवन सार्थक नहुने भन्दै आफ्नो ईच्छाअनुसारको शिक्षामा जोड दिन सके मात्र सृजनशिलताको विकास हुने बताए ।

‘ शिक्षा गलत हुँदा स्वरोजगार हुने व्यक्ति बेरोजगार भएर बस्नुपर्ने हुन्छ ।’ उनले भने–‘त्यसैले आफ्नो रोजाई अनुसारको शिक्षा आर्जन सबैभन्दा उत्तम हुन्छ ।’

1 copyईक्यानका केन्द्रिय अध्यक्ष राजेन्द्र बरालले विद्यार्थीलाई स्वदेशमा गरीखाने शिक्षा प्रदान गर्ने हो भने राज्यले शिक्षा नीति नै परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए । “यहाँको शिक्षा सैद्धान्तिक र घोकन्ते मात्रै छ ।” उनले भने “व्यवहारिक र वैज्ञानिक शिक्षा प्रणाली अवलम्बन गर्दै राज्यले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा उभिन सक्नुपर्छ ।’ विदेशमा अध्ययन गरेर नेपाल फर्कने चाहने दक्ष जनशक्तिलाई समेत राज्यले उनीहरुको स्तर अनुसार सम्मान दिन नसकेको उनले बताए ।

2 copyपश्चिमाञ्चल क्षेत्रमा विद्यार्थीहरुमा विदेश अध्ययनको आकर्षण बढि भएकै कारणले पोखरामा वृहत शैक्षिक मेलाको आयोजना गर्नुपरेको ईक्यानका केन्द्रिय उपाध्यक्ष विष्णुहरी पाण्डेले बताए । काठमाण्डौमा भने यस्तै प्रकृतिको महोत्सव सात पटक भैसकेको छ ।

3 copy

आयोजक संस्था ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले पोखरालाई शैक्षिक हब बनाउन मेलाले सहयोगी भुमिका खेल्ने दाबी गरे । त्यस्तै मेलाका संयोजक ईविन्द्रराज तिवारीले यहाँका विद्यार्थीहरु उच्च शिक्षाका लागि बाहिर जाने ट्रेण्ड रहेकाले पनि आवश्यकता बोध गरेर मेला आयोजना भएको बताए । त्यस्तै टाईटल स्पोन्सर कंगारु एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिना, ईक्यान कास्कीका वरिष्ठ उपाध्यक्ष डिबि गुरुङ, सचिव मिलन तिवारी लगाएतले बोलेका थिए ।

4 copy

मेलामा बिभिन्न शैक्षिक परामर्श केन्द्रका ६० वटा स्टल र ५ वटा पेभेलियन रहेका छन । मेलामा पोखरामा रहेका सबै शैक्षिक परामर्श केन्द्रको साथै काठमाण्डौमा रहेका एजुकेशनल कन्सलटेन्सीहरुको स्टल राखिएका छन् । भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएत देशका कलेज तथा युनिभर्सिटीबाट प्रतिनीधिहरुले मेलामा सहभागिता जनाएका छन् ।

5 copyमेलामा निशुल्क प्रबेशको साथै निशुल्क परामर्शको ब्यबस्था मिलाईएको छ । मेलामा उच्च शिक्षाको लागि बिदेश पढ्न जान चाहने बिद्यार्थीले छुट्टाछुट्टै स्टलबाट परामर्श लिन सक्छन् । विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणालीको ’boutमा प्रर्याप्त सुचना दिनुका साथै गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीको पहुँच बढाउन मेलाको आयोजना गरेको आयोजकको दाबी छ ।

6 copy

३ दिने मेला सम्पन्न गर्न करिब १५ लाख रुपैँया खर्च लाग्ने र २५ हजार दर्शकहरुको सहभागिता रहने अनुमान गरिएको छ । मेलाको टाईटल स्पोन्सरको रुपमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ भने सब टाईटल स्पोन्सरको रुपमा किङ्गस् ईन्स्टिच्यूट रहेको छ । मेलाको सहयोगीको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट रहेको छ भने बैकिङ पार्टनरको रुपमा प्राईम बैंक रहेको छ ।

7 copyमेलालाई एजुकेशन पार्कले मुख्य प्रायोजन गरेको छ भने ट्रिनीटी एजुकेशन फाउन्डेशन, स्मार्ट ओपन एकेडेमी, डेल्टा एडुकेयर नेपाल, बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशन र यूरो–एशिया एजुकेशनल कन्सल्टेन्सी लगाएतका संस्थाहरुले प्रायोजन गरेका छन् ।

8 copy