आर्थिक सम्बृद्धिका लागि कृषिलाई उद्योगका रुपमा स्थापित गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड

दोश्रो राष्ट्रिय पोर्क महोत्सव पोखरा रंगशालामा शुरु
पोखरा ०५ चैत्र/उपराष्ट्रपति नन्द वहादुर पुनले कृषी क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्नुपर्ने वताएका छन । संविधान निर्माण पछि मुलुक आर्थिक संबृद्धिको दिशामा अगाडी वढिरहेको सन्दर्भमा कृषि क्षेत्रलाई उद्योगको रुपमा अगाडी वढाउन सके मुलुकले फड्को मार्ने उनको भनाइ रहेको थियो ।

दोश्रो राष्ट्रिय पोर्क महोत्सव पोखरा रंगशालामा शुरु
दोश्रो राष्ट्रिय पोर्क महोत्सव पोखरा रंगशालामा शुरु

बंगुर ब्यवशायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा रंगशालामा शुक्रबारदेखि शुरु भएको दोश्रो राष्ट्रिय पोर्क महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कृषि र पशुपालनलाई उद्योगको रुपमा बिकास गर्न तर्फ सरकार अग्रसर हुनुपर्ने वताएका हुन । युवाहरु कृषि पेशामा लालायित भइरहेको सन्दर्भमा सरकारले युवाहरुलाई लक्षित गरेर काम अगाडी वढाइहेको भएतापनि सहुलियत दरमा कर्जा प्रवाह गरी कृषि तथा पशुपालनलाई प्राथमिकता दिनुपर्ने पुनको भनाइ रहेको थियो ।

उक्त समारोहमा पशु पंक्षी विकास मन्त्री शान्ता मानवीले पशुपालक किसानको लागि उचित अनुदान सहित सरकारी राहत प्रदान गर्न तयार रहेको बताइन । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बंगुर पालनलाई व्यवसायीकरण गर्न सके यसबाट आत्मानिर्भर हुन सकिनेमा जोड दिएका थिए । बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम थापाको सभापतित्वमा सम्पन्न समारोहमा सांसदहरु रविन्द्र अधिकारी र शारदा पौडेल, बंगुर ब्यवशायी संघ कास्कीका सल्लाहकार तथा पूर्व सभासद कृष्ण बहादुर गुरुङ लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

उक्त अवसरमा राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार २०७२ बाट सम्मानित कास्कीको रिठेपानीमा रहेको नेपालकै एकमात्र ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा.लि.को चिनारी रहेको बृत्तचित्र पौरखी पाइलाको उपराष्ट्रपति नन्द बहादुर पुनले विमोचन समेत गरेका थिए । चैत्र ७ गते सम्म सञ्चालन हुने महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन ।

महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका वारेमा जानकारीमुलक स्टलहरु, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुको तयारीको प्रदर्शन, बंगुर उत्पादन देखि बजारी करणमा प्रयोग हुने विभिन्न औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको मासुको प्रशोधन तथा परिकार बनाउने सम्बन्धी तालिम, बंगुरपालक किसानहरु बीच अन्तरक्रिया, मासु उत्पादनमा प्रयोग हुने औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको दाना सम्बन्धी जानकारी, बंगुरपालनमा देखिएका संभावना तथा चुनौतीहरुको बारेमा परामर्श तथा छलफल, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा लोक तथा दोहोरी गीत, नृत्य, संगित, कन्सर्ट तथा विभिन्न प्रतियोगिताहरु हुनेछन ।

कमेन्टहरु
Loading...